खाँडादेवी गाउँपालिकाको राकाथुममा बन्यो बर्थिङ सेन्टर



४ चैत्र, रामेछाप ।रामेछापको खाडाँदेवी गाउँपालिका–१ राकाथुममा बर्थिङ सेन्टर (प्रसुती सेवा) सञ्चालनमा आएको छ । युनिसेफको ८२ लाख सहयोगमा गाउँमा पहिलो पटक बर्थिङ सेन्टर सञ्चालनमा आएको हो ।

एक बर्ष अघि निर्माण कार्य सुरु भएको बर्थिङ सेन्टर हस्तान्तरण भएको छ । चार वटा कोठा रहेको भुकम्प प्रतिरोधी भवन निर्माण भएसँगै अहिले गाउँका गर्भवती महिलाहरुले सुविधा पाउने भएका छन् । २४ सै घण्टा सेवा दिने उदेश्यको साथ बर्थिङ सेन्टर स्थापना भएको हो ।

खाँडादेवी गाउँपालिका–१ राकाथुमका वडा अध्यक्ष विष्णु श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले बर्थिङ सेन्टर स्थापना भएसँगै गाउँमै सेवा सुविधा उपलब्ध हुनु सुखद पक्ष रहेको बताए । उनले निर्माण कार्यमा सहयोग गर्ने युनिसेफलाई धन्यवाद दिए ।

उक्त कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा. प्रकाश साह, युनिसेफका सरोज पण्डित, दिपेन्द्र महर्जनले बर्थिङ सेन्टर निर्माणको सहज रुपमा सेवा उपलब्ध गराउने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखाका अधिकृत ओमप्रकाश श्रेष्ठ, वडा सचिव रामकृष्ण अर्याल, वडा सदस्यहरु,चण्डिकालाल मोक्तान, डिलबहादर श्रेष्ठ, रिता कुमार रानामगर लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा भक्तबहादुर लामा, चन्द्रकुमार लामा, सविन पुलामीमगर, चक्रलाल श्रेष्ठ, कृष्णकाजी श्रेष्ठ, स्वास्थ महिला स्वयसेविकाहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्