४८.८ मेगावाट खिम्ती–२ जलविद्युत आयोजना निर्माण गर्ने सम्झौता



४ चैत्र, काठमाडौं ।
रामेछाप र दोलखाको सीमाना खिम्ती खोलामा निर्माण हुन लागेको ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत आयोजना निर्माण गर्ने सम्झौता भएको छ । नेपालको जलविद्युत निर्माणमा पहिलो पटक निजी क्षेत्रको व्यवसायीहरु स्थानीय जनताको लगानीकर्ता रहेको खिम्ती–२ जलविद्युत आयोजना निर्माणमा सम्झौता भएको हो ।


नेपालको पिपुल्स इनर्जी लि र चीन सरकारको स्वामित्व रहेको सिडब्लुटिडब्लु कम्पनीबीच ९ करोड लडरमा निर्माण कार्य इपिसिएफ मोलडमा निर्माण गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ । पिपुल्स इनर्जीको तर्फबाट अध्यक्ष कृष्ण प्रसाद आचार्य हस्ताक्षर गरेका छन् । दुई कम्पनीबीच भएको उक्त संझौतापत्रको आदान प्रदान कार्यक्रम नेपालमा चाडै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्