रामेछापमा आफ्नै आमाले २ नाबालाक सन्तानको हत्या गरिन



५ चैत्र, रामेछाप ।
रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुमकी २५ वर्षीया तारा केसीले आफ्ना २ सन्तानलाई मट्टितेल छर्किएर आगो लगाएर हत्या गरेकी छन् । बाँसको कत्तरले बेरेको कटेजभित्र छोराछोरी राखेर उनले आगो लगाएर दुई नाबालाकको हत्या गरेकी हुन् ।

आगोले डढेर ४ वर्षीय छोरा विपिन खत्री र २ वर्षीया छोरी रमिता खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । प्रहरीका अनुसार घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय चोप्राङ्गबाट पुगेका सुरक्षाकर्मीले तारा खत्रीलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीको अनुसन्धानमा पति दिलबहादुर खत्रीले कान्छी श्रीमति ल्याएको र आफुसंग नबसेको आवेशमा तारादेवीले आफ्नै सन्तानलाई आगो लगाएको खुलेको छ । दिलबहादुरले केही वर्ष अघिनै कान्छी श्रीमती ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्