करेन्ट लागेर रामेछापमा एकको मृत्यु, करेन्ट लागेर ज्यान गुमाउनेको संख्या बढ्यो



६ चैत्र, रामेछाप ।
रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सुनारपानीस्थित भैरवी माविको छत ढलान गर्ने क्रममा करेन्ट लागेर घाइते भएका सर्वन खतवेको उपचारको क्रममा मृत्यु भएको हो ।

स्कुल भनवनको छत ढलान गर्ने क्रममा करेन्ट लागि घाइते भएका सर्लाही जिल्ला इनरवा नगरपालिका ६ घर भएका २२ बर्षिय सर्वन खतवेको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्र थापाले रामेछाप न्युजलाई जानकारी दिए ।

उनका अनुसार दिउसो करेन्ट लागेर घाइते भएका खतवेको मन्थलीको तामाकोसी अस्पतालमा उपचारको क्रममा साँझ मृत्यु भएको हो । रामेछापमा गत महिनाको अवधिमा आधा दर्जन भन्दा बढी व्यक्तिको करेन्टको कारण ज्यान भएको छ ।

प्रतिक्रिया दिनुहोस्