दोरम्बा गाउँपालिकाको पौवामा ट्रिपर दुर्घटना, वडा सदस्य सहित तीनको अवस्था गम्भीर



१० चैत्र, रामेछाप ।
रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका–६ स्थित पौवामा ट्रिपर दुर्घटना हुँदा वडा सदस्य सहित तीन जना गम्भीर घाइते भएका छन् । साँझ साढे पाँच बजे गाउँपालिका वडा नम्बर ७ को खरखरेबाट ढुंगा लिएर जाने क्रममा पौवामा दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका हुन् ।
ब ५ च ३२३१ नम्बरको ट्रिपर सडकबाट वीस मिटर तल खसेको थियो । ट्रिपर दुर्घटना हुँदा दोरम्बा–७ का वडा सदस्य सूर्यलाल श्रेष्ठ, चालक तिलकबहादुर श्रेष्ठ र घर निर्माणको लागि ढुंगा लिएर जाने टेकबहादुर श्रेष्ठ गम्भीर भएका हुन् ।
दोरम्बा गाँउपालिका–७ का वडा अध्यक्ष रेम थापाले घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराएर थप उपचारको लागि काठमाडौं पठाइएको रामेछाप न्युजलाई बताए । उनले भने,‘घाइतेहरुको अवस्था गम्भीर छ, हामीले एम्बुलेन्स मार्फत काठमाडौं पठाइसकेका छौं ।’ उनका अनुसार घाइेत तीनै जनाको टाउको र छातीमा चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्