गोकुलगंगा गाउँपालिका खुल्ला दिशामुक्त घोषित



१० चैत्र, रामेछाप ।
रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका खुल्ला दिशामुक्त गाउँपालिका घोषित भएको छ । गाउँपालिकाको सवै घरमा शौलायलय निर्माण भएपछि गाउँपालिकालाई खुल्ला दिशामुक्त घोषणा गरिएको हो ।


गाउँपालिकाका अध्यक्ष खड्ग सुनुवारको अध्यक्षतामा शनिवार आयोजित एक कार्यक्रमको बीच गाउँपालिकालाई खुल्ला दिशामुक्त घोषणा गरिएको गोकुलगंगा गाउँपालिकाका–५ का वडा अध्यक्ष एवं प्रवक्ता बलराम खड्काले बताए ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष राधिका श्रेष्ठ, लिखु तामाकोसी गाउँपालिकाका उपाध्यक्ष दिपशिखा दाहाल लगायत गाउँपालिका वडा अध्यक्षहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्