युरोपेली संघलाई प्रधानमन्त्री ओलीको प्रश्न–नेपाललाई हेपेको हो ?



११ चैत्र, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको भावना, मर्म र प्रावधानलाई होच्याउने गरी सार्वजनिक गरिएको युरोपेली सङ्घ (इयु)को निर्वाचन पर्यवेक्षणसम्बन्धी प्रतिवेदन सच्याउन चेतावनी दिएका छन् ।


राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले आइतवार गरेको पर्यवेक्षण मूल प्रतिवेदन सार्वजनिक कार्यक्रममा ओलीले निर्वाचन पर्यवेक्षणका नाममा इयुले नेपालको संविधानका भावनामा आँच पु¥याउने गरी प्रतिवेदन ल्याएकाले तत्काल सच्याउन चेतावनी दिएका हुन् । नेपाललाई होच्याएको हो ? भन्ने प्रश्न गर्दै प्रधानमन्त्री ओलीले भने,‘नेपाली जनताले हेपिएको महसुस गरेका छौँ, इयुलाई विनम्रतापूर्वक आग्रह गर्छु, यसलाई तुरुन्त सच्याउनुस् ।’

पर्यवेक्षणका नाममा आई धर्म प्रचार गर्ने र त्यसको प्रतिशोध प्रतिवेदनमा लिन नहुने बताउँदै उहाँले नेपाल सामाजिक न्याय र समानताका लागि काम गर्ने सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएको हुँदा कुनै भ्रम नपाल्न उनले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्