जिसस संयोजकलाई रातो पासपोर्ट, गाउँँपालिका अध्यक्षलार्इ विशेष राहदानी



१२ चैत्र, काठमाडौं । सरकारले  जिल्ला समन्वय समितिका संयोजकलाई पनि कूटनीतिक राहदानी प्रयोग गर्न पाउने व्यवस्था गरेको छ । तर, गाउँपालिका अध्यक्षलाई भने विशेष राहदानी पाउनेछन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कूटनीतिक राहदानी प्रयोग गर्न पाउनेहरुको सूची संशोधन गरेको हो ।

प्रदेशमन्त्री, सांसदसँगै जिल्ला समन्वय समितिका संयोजकसम्मले कूटनीतिक राहदानी अर्थात रातो पासपोर्ट पाउनेछन् ।

गाउँपालिका अध्यक्षहरुले विशेष राहदानी प्रयोग गर्न पाउने निर्णय भएको सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।स्थानीय प्रशासनले दिएको मुचुल्का र अस्पतालको विल भर्पाईका आधारमा आर्थिक सहायत दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्