रामेछाप उमाकुण्ड गाउँपालिकामा सनराइज बैंकको दादागिरी



१२ चैत्र, रामेछाप ।
रामेछापको उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रितिमा स्थापना हुनुपर्ने बैंकको शाखा ठोसेमा राखेपछि जनप्रतिनिधिहरु आक्रोशित भएका छन् । गाउँपालिकाले प्रस्ताव गरेको स्थानमा अटेर गर्दै सनराइज बैंकले गाउँपालिकाका जनतालाई अपायक पर्ने स्थानमा ठोसेमा शाखा विस्तार गर्न लागेको हो ।

सरकारले प्रत्येक गाउँपालिकाको केन्द्रमा बैंकको शाखा स्थापना गर्ने नीति अनुसार बैंकका शाखाहरु विस्तार भइरहेका छन् । उमाकुण्ड गाउँपालिकामा शाखा स्थापना गर्न लागेको सनराइज बैंकले आफूखुसी शाखा विस्तार गर्न लागेपछि अर्को बैंकको खोजी सुरु भएको छ ।

उमाकुण्ड गाउँपालिकामा केन्द्रमा बैंक स्थपाना गर्नको लागि गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवार रातदिन नभनी लागेका छन् । तर गाउँपालिकाको केन्द्रमा स्थापना हुनुपर्ने सनराइज बैंकको शाखा बाम्तीमा स्थापना गर्ने तयारी गरेपछि अर्कै बैंकको खोजीमा जुटेको रामेछाप न्युजलाई बताए ।
‘गाउँपालिकाका सबै जनतालाई सुविधा हुने गरी गाउँपालिकाको केन्द्रमा राख्नु पर्ने बैंक बाम्तीमा राख्ने तयारी हुदैछ, पटक–पटक भन्दा पनि नमानेपछि अब नयाँ बैंक ल्याउने तयारीमा जुटेको छु’, उनले भने ।

गाउँपालिकाको सहमति विना सञ्चालन हुने बैंकसँग गाउँपालिकाले खाता सञ्चालन नगर्ने पनि उनले बताए । उनले रामेछाप न्युजसँग भने,‘बाम्तीको शाखामा जानु भन्दा सदरमुकाम मन्थली जान धेरै नजिक हुन्छ, अपायक पर्ने बैकको शाखा हुनु नहुको के अर्थ हुन्छ र ?’ सात वटा रहेको गाउँपालिकामा समयमा नै बैंकको शाखा स्थापना नहुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्