गोकुलगंगा गाउँपालिकाले १० महिनामा बनायो महत्वपूर्ण १० वटा ऐन



१२ चैत्र, रामेछाप ।
रामेछापको गोकुलगंगा गाउँपालिकाले दस महिनाको अवधिमा दस वटा महत्वपूर्ण ऐन पारित गरेको छ । गाउँपालिकाको दोस्रो गाउँसभाले शिक्षा, संस्था दर्ता तथा कृषि विकास सहित दस वटा महत्वपूर्ण ऐन पारित गरेको हो ।

गाउँपालिकाको दोस्रो गाउँसभाले संस्था दर्ता ऐन, सहकारी ऐन, स्वास्थ्य तथा सरसफाई, स्थानीय शिक्षा ऐन, पूर्वाधार व्यवस्थापन सम्बन्धि ऐन, योजता तथा बजेट तर्जुमा, कृषि विकास ऐन, न्यायिक समितिले उजुरीको कारवाही किनारा लगाउदा अपनाउनु पर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन र आर्थिक कार्यविधिक ऐन २०७४ पारित गरेको छ ।

गाउँपालिकाबाट सम्पादन गर्नुपर्ने आवश्यक ऐनहरु परित भएको गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर ५ का वडा अध्यक्ष बलराम खड्काले रामेछाप न्युजलाई बताए । गाउँपालिकाका जनतालाई सहज रुपमा सेवा सुविधा दिने उदेश्यको साथ गाउँपालिका जनप्रतिनिधिहरुले निकै मेहनत गरेर ऐन तर्जुमा गर्नुको साथै गाउँसभाबाट पारित भएको खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्