दोरम्बा गाउँपालिकामा बन्यो नमूना सडक, बर्षाको समयमा पनि गाडी चल्ने



१३ चैत्र, रामेछाप ।
दोरम्बा गाउँपापिलकामा स्थानीय सरकारले नमूना सडक निर्माण गरेको छ । राजधानी काठमाडौं र सदरमुकाम मन्थली जोडने मुख्य सडक गाल्वा–दोरम्बा सडक निर्माण गरेको हो । अब गाल्वाबाट दोरम्बा हुँदै गाउँपालिकाको केन्द्र टोकरपरसम्म सहज रुपमा बर्षाको समयम पनि यातायात सञ्चालन हुने भएको छ । निकै जोखिम मानिएको अग्लेश्वरीको पहरोमा ढुंगाले सोलिङ गर्नुको साथै वाल समेत निर्माण गरेर सडकको ग्रेट मिलाउने काम समेत भएको छ ।

दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खड्कबहादुर श्रेष्ठले गाल्वा–अग्लेश्वरी– दोरम्बा सडकको स्तरउन्तती भएपछि निकै सहज भएको बताए । उनले भने,‘विगतमा बर्षाको समयमा यातायात सञ्चालन गर्न निकै सास्ती थियो, अबदेखि बर्षाको समयमा पनि गाडी गुडछ, केही कतै भत्किए तत्काल मर्मत गरेर पनि बर्षाको समयमा पनि यातायात सञ्चालन गछौं ।’
तीन महिना अघि सुरु भएको गाल्वा–अग्लेश्वरी–दारेम्बा सडकको स्तरउन्नतीको कार्य सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष उदय रजान मगरले बताए । सडक निर्माणमा गाउँपालिकाबा विनियोजन भएको बजेटेको बारेमासार्वजनिक रुपमा लेखा परीक्षण गरिने अध्यक्ष थापा रामेछाप न्युजलाई बताए ।

जिल्लाको सदरमुकाम मन्थली र राजधानी काठमाडौ जोडने दोरम्बा–अग्लेश्वर हुँदै गाल्वासम्मको सडकको स्तरउन्तीको काम सम्पन्न भएपछि स्थानीयमा खुसीयाली छाएको छ । दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानले गाउँपालिकाले सडक सञ्जाललाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको रामेछाप न्युजलाई बताए । उनका अनुसार दोरम्बा अग्लेश्वरीदेखि गाल्वासम्मको सडकको स्तरउन्नतीको लागि ३५ लाख रुपैयाँ खर्च भएको छ ।

रामेछापको दोरम्बा गाउँपालिका जनप्रतिनिधिहरु आएसँगै विकास निर्माणको कामले गति लिएको छ । गाउँपालिकाभित्र रहेका सडक, भुकम्पपछिको पुननिर्माण लगायतको कामले गति लिएको हो । गाउँपालिकाभित्र रहेको ७ वटा वडाबाट गाउँपालिकाको केन्द्रसम्म जोडिएको सडकलाई १२ महिना नै सञ्चालन गर्ने उदेश्यको साथ तीब्र गतिमा गाउँपालिकाभित्रको सडक निर्माण र स्तरउन्नतीको काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्