रामेछापका सरोज घिसिङको पहलमा ब्लड क्यान्सर पीडितलाई सहयोग



१५ चैत्र, काठमाडौं ।
रामेछाप जिल्ला डडुवाका घर भइ हाल दक्षिण कोरियाका कार्यरत सरोज कुमार घिसिङको पहलमा ब्लड क्यान्सर बिरामीलाई आर्थिक सहयोग उपलब्ध गराएका छन् ।
घिसिङको पहलमा जम्मा गरिएका ५० हजार ६ सय १० रुपैयाँ ओखलढुंगा खिजिदेम्बा गाउँपालिका निवासी हाल काठमाडौ जोरपाटी नयाँबस्ती बस्दै आएका मृगौला बिरामी शान्ति तामाङलाई सहयोग रकम उपलब्ध गराएका हुन् ।

आर्थिक सहयोग प्राप्त पछि क्यान्सर बिरामी तामाङका उपचारका लागि विभिन्न संघसस्थाबाट आर्थिक संकलन भइरहेको उनका दाई निर्मल तामाङले बताए । उनका अनुसार बोनम्यारो क्यान्सर शान्ति तामाङ बचाउका लागी हालसम्म उपचार क्रममा ८ लाख खर्च भएको छ । उपचारका लागी २० देखि २५ लाख लाग्ने हुँदा आर्थिक अवस्था कम्जोर भएकाले देश बिदेशमा रहेका नेपाली दाजुभाइ,दिदीबहिनीलाई सहयोगको अपिल समेत गरे ।

हाल क्यान्सर केयर नेपालको सहयोगमा प्राकृतिक उपचार गर्दै र सप्लिमेन्ट टयाब्लेट सेबन गर्दा आइरकी मानसिक ३५ देखि ४० हजार लाग्ने बताउदै आफुलाई सहयोग गर्न रिता तामाङको रहेको नबिल बैंक खाता नं. 0410017510167 र सम्पर्कका लागि बिरामीका बुबा पासङ दावा तामाङ 9849297956 र बिरामीका दाई निर्मल तामाङ 9840072422 लाई गर्ने सकिने समेत बताइन् ।

प्रतिक्रिया दिनुहोस्