दोरम्बाको विकास निर्माणमा भ्रष्टाचार हुन नदिने प्रतिबद्धता



नारायण श्रेष्ठ
१५ चैत्र, रामेछाप ।
दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खड्कबहादुर श्रेष्ठले वडाभित्र हुने विकास निर्माण पारदर्शि बनाउने र विकास निर्माणमा कुनै पनि प्रकारको भ्रष्टचार हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
गाल्वा–अग्लेश्वरी–दोरम्बा सडक निर्माणमा भएको खर्चको बारेमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले जनताले परिवर्तनको महशुस गर्ने गरी काम गर्ने बताए ।
निर्वाचनमा जनता समक्ष गरेको प्रतिबद्धता अनुसार नै काम गर्ने बताउदै उनले भने,‘निर्वाचनको क्रममा दुई बर्षभित्र जनताले परिवर्तनको महशुस गर्ने गरी काम गर्छु भनेको थिए,अहिले मन बचन र कर्मको साथ काम गरिरहेका छौ ।’ अध्यक्ष श्रेष्ठले वडासम्म हिउद बर्षा नै यातायात सञ्चालन गर्ने कार्यमा आफू प्रतिबद्ध रहेको बताए ।


विकास निर्माणमा भएको खर्चको बारेमा गाल्वा–अग्लेश्वरी– दोरम्बा सडक उपभोक्ता समितिले जनस्तरमा खर्चको विवरण सार्वजनिक गरेको छ । अहिलेसम्म स्थनीयस्तरमा हुने विकास निर्माणको सार्वजनिक सुनुवाई नभएकोस्थानीय तहमा जनप्रतिनिधिहरु आएसँगै विकास निर्माणमा पारर्दशि ढंगले अगाडि बढाउने कामको सुरुवात भएको छ ।

उपभोक्ता समितिका अध्यक्ष उदय रजान मगरले सडक निर्माणको लागि लागेको खर्चको विवरण सार्वजनिक गरेका थिए । सडक निर्माणको लागि ३५ लाख रुपैयाँ खर्च भएको थियो । उपभोक्ता समितिका अध्यक्ष मगरले अब दोरम्बामा हुने कुनै पनि विकास निर्माणमा भ्रष्टचार नहुने र नगर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा स्थानीय नेता धनबहादुर मोक्तान (अमिर)ले खैरेनीघाट–सैलुङ्गसम्मको सडक पिच गर्नको लागि डिपिआर भइरहेको जानकारी गराएका थिए ।
दोरम्बासम्म हिउद बर्षा नै वस सञ्चालन
स्थानीय सरकारको सक्रियतामा दोरम्बा गाउँपालिका–२ दोरम्बामा आजबाट नियमित रुपमा बस सेवा सञ्चालनमा आएको छ । गाउँपालिकाको पहलमा अरनिको यातायात सेवा समितिले बस सेवा सञ्चालनमा ल्याएका हो ।

राजधानी काठमाडौं र सदरमुकाम मन्थली जोडने मुख्य सडक अन्तर्गत गाल्वा–अग्लेश्वरी– दोरम्बासम्म जोडने सडक स्तरउन्तती भएसँगै सहज भएको छ । अरनिको यातायात सेवा समितिका वरिष्ठ उपाध्यक्ष उद्धव गौतमले सडकको अवस्थामा राम्रो भएकाले यातायात सञ्चालन गर्न सहज भएको बताए ।

प्रतिक्रिया दिनुहोस्