रामेछापको भिरकोटमा हेर्दाहेर्दै खरानी भयो करोडको घर (फोटोफिचर)



१६ चैत्र, रामेछाप ।
रामेछापको सुनापती गाउँपालिका–५ भिरकोटमा करेन्ट सट भएर आगोलागी हुँदा एक घरमा आगलागी भएर नष्ट भएको छ । छापटोलमा शुक्रवार करेन्ट सट भएर आगो लाग्दा पञ्चबहादुर लामा र उनका छोरा बाकेन्द्र लामाको घर जलेर पूर्ण रुपमा नष्ट भएको स्थानीय शिक्षक माइकल लामाले रामेछाप न्युजलाई जानकारी दिए ।
आगलागीमा परी ,टशी झ्यालिङ गुम्बाका सम्पुर्ण सामाग्रीहरु,स्थानीय गरीबी निवारण संस्थाका महत्वपूर्ण कागजातहरु,बौद्ध धर्म र ग्यावा परिवारका ऐतिहासिक,सांस्कृतिक तथा धार्मिक महत्वका सम्पुर्ण वस्तुहरु नष्ट भएको उनले जानकारी दिए ।

आगलागीको कारण विद्युत सट भएको मानिएको छ । स्थानीयले विद्युत सट हुनुको कारणको बारेमा छानबिन गर्न माग गरेका छन् । स्थानीय शिक्षक लामाका अनुसार आगलागीबाट करिब डेढ करोडको क्षति भएको छ । आगलागीमा समयमा उद्धार भएकाले कुनै पनि मानविय क्षति भने हुन नपाएको उनले बताए ।

तस्बीरः माइकल लामा

प्रतिक्रिया दिनुहोस्