स्थानीय तहका जनप्रतिनिधिहरुलाई भ्रष्टाचारबाट टाढै रहन प्रधानमन्त्री ओलीको निर्देशन



१७ चैत्र, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री ओलीले स्थानीय तहका जनप्रतिनिधिलाई भ्रष्टाचारबाट टाढै रहन निर्देशन दिएका छन् । उनले भ्रष्टाचार,कुशासनजस्ता कुराबाट अलग रहेर काम गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई निर्देशन दिएका हुन् । उनले भने,‘ तपाईंहरु (स्थानीय तहका जनप्रतिनिधि)हरुलाई टाढाबाट हेर्दा मात्र होइन नजिकबाट हेर्दा पनि दाग नदेखियोस’, प्रधानमन्त्रीले ओलीले भने । उनले स्थानीय तह सफल भए मात्र देश सफल हुने बताए ।


गाउँपालिका राष्ट्रिय महासंघ नेपालको राष्ट्रिय महाधिवेशनको शनिवार उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक नेतृत्वले सिंहदरबारका अधिकार गाउँमा पुगे भने पनि जनताले त्यो कुरा महसुश गरे कि गरेनन् भन्ने कुरा महत्वपूर्ण हुने बताए । ‘सिंहदरबारका अधिकार गाउँमा पुगेको जनताले अनुभुति गर्ने गरी तपाईंहरुले काम गर्नुहोस’ प्रधानमन्त्री ओलीले भने,‘यसपाली हामीले सरकारका अधिकारको बाँडफाँडको नयाँ अभ्यास गरेका छौं । यसलाई सफल बनाएर जनतालाई संघीयताको सकारात्मक सन्देश दिनुपर्छ ।’


स्थानीय तहमा युवा र महिला जनप्रतिनिधीको संख्या उल्लेख्य भएकोले धेरै काम हुनेमा आफू आशावादी रहेको बताउदै ओलीले अहिले ५१ प्रतिशत उपाक्ष्यक्ष् ४० बर्ष भन्दा मुनीका,एक चौथाइ अध्यक्ष ४० बर्ष भन्दा कम उमेर समुहको रहेको बताए । ४० प्रतिशत जनप्रतिनिधि त महिला नै छन् । यस्तो बेलामा पनि स्थनीय तहको विकास नभए कहिले होला त, ओलीले प्रश्न गरे ।
प्रधानमन्त्री ओलीले स्थनीय तहमा भएको कर्मचारीको अभाव चाँडै पुरा गरिने बताउदैसरकारले कर्मचरी समायोजनको काम अघि बढाइ सकेकोले केही समयभित्रै स्थानीय तहमा कर्मचारी पुग्ने बताए । पूर्वाधार,विद्यतु,वैकल्पिक उर्जा,सञ्चार आदि क्षेत्रको विकासमा लाग्न प्रधानमन्त्री ओलीले जनप्रतिनिधीहरुलाई निर्देशन समेत दिए ।

प्रतिक्रिया दिनुहोस्