रामेछापको शैक्षिक सुधार गर्ने कार्यमा दृढतापूर्वक लाग्छुःसांसद श्रेष्ठ



१७ चैत्र, रामेछाप ।
रामेछापका प्रतिनिधिसभा सांसद श्यामकुमार श्रेष्ठले रामेछाप जिल्लाको शैक्षिक क्षेत्रको सुधार गर्ने कार्यमा आफू प्रतिबद्ध भएर लाग्ने बताएका छन् । हाल विद्ययमान शैक्षिक प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउदै उनले आधुनिक र वैज्ञानिक शिक्षाको खाँचो रहेको बताएका हुन् ।


रामेछापको सदरमुकाम मन्थलीमा रहेको मन्थली सहिद स्मृति बहुमुखी क्याम्सको प्रथम सभाको उदघाटन गर्दै पूर्व गृह राज्यमन्त्री समेत रहेका सांसद श्रेष्ठलेक्याम्पसको संस्थागत विकासको लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । क्याम्पसलाई दक्ष जनशक्ति उत्पादन गर्ने थलोको रुपमा विकास गर्न आफू लागि पर्ने उनले बताए । सांसद श्रेष्ठले भने,‘अहिलेको शिक्षा प्रणालीलाई युग सुहाउदो बनाउनु पर्ने आवश्यकता छ, शैक्षिक क्षेत्रको विकास गर्न नीति निर्माण तहमा भूमिका खेल्छु ।’


रामेछाप जिल्लाभर गुणस्तरीय शिक्षालाई विकास गर्नको लागि नीतिगत रुपमा नै सुधार गर्नुपर्ने बताउदै उनले नीतिगत रुपमा हुने सुधारले नै शैक्षिक क्षेत्रमा आमूल परिवर्तन सम्भव रहेको बताए । सांसद श्रेष्ठले भने,‘जीवन उपयोगी शिक्षा, हावा पानी सुहाउदो कृषि, हाइड्रो वातावरणजस्ता प्राविधिक शिक्षा नै अबको प्राथमिकता हो ।’ फरक प्रसंगमा सांसद श्रेष्ठले निर्वाचनको क्रममा आफूले अगाडि सारेको रामेछापको अल्पकालिन, मध्यकालिन र दिर्घकालिन विकासको लक्ष्य हासिल गर्न प्रतिबद्ध भएर लाग्ने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काले जिल्लाको एकमात्र डिग्री क्याम्सको गरिमा उच्च बनाउन सबै लाग्नु पर्नेमा जोड दिए ।
मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले नगरपालिकाका तर्फबाट क्याम्पसको वृद्धि विकासको लागि बजेट व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा पूर्वसांसद तारानारायण श्रेष्ठ , नेकपा एमाले रामेछापका सचिव आनन्द श्रेष्ठ , नेपाली कांग्रेस रामेछापका सभापति लबश्री न्यौपानेको सहभागीता रहेको थियो ।

उक्त कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिप प्रसाद लामिछाने, जिल्ला शिक्षा अधिकारी दिनानाथ गौतम , स्वतन्त्र विद्यार्थी युनियनका सभापति कपिल मगर लगायतकाले धारणा राखेका थिए । क्याम्पस स्थापनार्थ आर्थिक तथा भौतीक सहयोग गर्ने दाताहरुलाई सम्मान पनि गरिएको थियो । क्याम्पसका पूर्व स्ववीयु सभापतिहरु रमेश ढुङ्गेल , उज्वल सुवेदी र गंगालाल गोलेलाई कदरपत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।  रामेछाप जिल्लाकै एकमात्र मास्टर्स डिग्रीसम्म पढाई हुने मन्थली सहिद स्मृति बहुमुखी क्याम्समा २०५७ सालबाट स्नातक तहको पढाई सुरु भएको थियो । हाल स्नाकोत्तर अर्थात् डिग्री तहमा नेपाली र इपिएम विषयको पठनपाठन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्