रामेछापमा बस दुर्घटना: एकको मृत्यु ११ जना घाइते



१८ चैत्र, रामेछाप ।
रामेछापको गोकुलगंगा गाउँपालिका २ ठोसेमा अरनिको सुपर एक्सप्रेस बस आइतबार अपरान्ह दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ । त्यसैगरी बस दर्घुटनामा परी ११ जना यात्रु घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएका उमाकुण्ड गाउँपालिका ३ बाम्तीका १८ वर्षीय सुवास गजमेरको स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । प्रहरीका अुनसार घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । काठमाडौंबाट रामेछाको बाम्ती जाँदै गरेको बा.३ ख २६९५ नम्बर बस ठोसेस्थित दोर्जेको उकालोमा दुर्घटनामा भएको थियो ।

गाडी उकालो चढ्दै गर्दा टायर पञ्चर भएर सडकमा पल्टिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजकुमार थापाले रामेछाप न्युजलाइृ बताए । दुर्घटना भएका गाडीमा अधिकांश एसइई परीक्षा दिएर घर फर्केका विद्यार्थी रहेको उनले जानकारी दिए ।

घाइते हुनेहरुरमा उमाकुण्ड ३ का १८ बर्षिय मुकेश सुनुवार , ,१८ बर्षकी सम्झना सुनुवार , १८ बर्षिय सन्तोस बस्नेत , १८ बर्षिय आशिष कार्की , १८ बर्षकी छोटी शेर्पा र वडा नम्बर २ की १८ बर्षकी निमडेकी शेर्पा , १८ बर्षिय पासाङ सेर्पा , १८ बर्षिय सोमरजा कार्की , १८ बर्षकी विमला तामाङ र १८ बर्षकी प्रेमलेकी शेर्पा रहेका रहेका छन् । त्यस्तै बसका सहचालक दोलखा भिमेश्वर नगरपालिका २२ बर्षका कृष्ण बुढाथोकी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्