रामेछापको सुनापती गाउँपालिकामा बन्यो बौद्ध धर्म अध्ययन केन्द्र



१८ चैत्र, रामेछाप ।
सुनापती गाउँपालिका–३ हिलेदेवीको आरुखर्कमा शेरपवलिङ् महायान बौद्ध धर्म अध्ययन केन्द्र गुम्बाको निर्माण कार्य सम्पन्न भएको छ । बौद्ध धर्मको प्रबद्र्धन गर्नको लागि अध्ययन केन्द्रको निर्माण गरिएको हो ।
३९ लाख रुपैयाँको लगानीमा अध्ययन केन्द्र निर्माण कार्य सम्पन्न भएको शेरपलिङ महायान बौद्ध धर्म अध्ययन केन्द्र उपभोक्ता समितिका अध्यक्ष आले लामाले रामेछाप न्युजलाई बताए । एउटा हल र तीन वटा कोठा रहेको अध्ययन केन्द्रलाई अध्ययन केन्द्रसँग धार्मिक पर्यटनको केन्द्र बनाउने उदेश्य रहेको लामाले बताए ।


अध्यक्ष लामाले भने,‘बौद्ध शिक्षालाई विकास गर्ने उदेश्यको साथ स्थानीयको सक्रियता र दाताको सहयोगमा अध्ययन केन्द्र स्थापना भएको हो ।’ अध्यक्ष केन्द्रको लागि स्थानीय सरस्वतीमाया तामाङले डेढ रोपनी जग्गा निशुल्क रुपमा उपलब्ध गराएकी थिइन । शेरपलिङ महायान बौद्ध धर्म अध्ययन केन्द्रका अध्यक्ष समेत रहेकी तामाङले गाउँघरमा नै अध्ययन केन्द्र स्थापना हुनु निकै खुसीको कुरा भएको बताइन ।
अध्ययन केन्द्र स्थापना गर्नको लागि सुनापती गाउँपालिकाले ६ लाख, सांसद विकास कोषबाट तीन लाख, विभिन्न धर्मगुरुहरुबाट १२ लाख पचास हजार, स्थानीयको सहयोग गरी आर्थिक सहयोग जुटाइएको अध्यक्ष लामाले जानकारी दिए । अध्ययन केन्द्र गुम्बामाको लागि तीन वटा मुर्ति निशुल्क रुपमा उपलब्ध भएको छ । फाइभ फिङगर प्रालिले २ लाख २० हजार रुपैयाँमा एएटा मुर्ति निशुल्क रुपमा प्रदान गरेको छ । काठमाडौका स्थानीय तारोदेवीले दुई लाख रुपैयाँ बराबरको मूर्ति उपलब्ध गराउनु भएको छ त्यसैगरी पूर्व सांसद शिबबहादुर खड्काले १ लाख रुपैयाँको मुर्ति उपलब्ध गराएका छन् ।
अध्ययन केन्द्रमा बौद्ध दर्शन सम्बन्धि अध्ययन गराउनको साथै आधुनिक शिक्षासँग जोडेर परम्परागत रुपमा पठनपाठन हुँदै आएको शिक्षालाई एक साथ अगाडि बढाउने उदेश्य रहेको लामाले बताए ।


नवनिर्मित शेरपलिङ महायान बौद्ध धर्म अध्ययन केन्द्र गुम्बाको गुरु क्याब्ज्ये शेछेन राब्ज्याम रिन्पोछेले उदघाट गर्ने भएका छन् । साथै चैत्र २२ र २३ गते हुने उदघाटन कार्यक्रममा प्रवचन, छेवाङ (आयु अभिषेक) गरिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्