सुनापति गाउँपालिकामा महिलामाथि जबरजस्ती करणीको अभियोगमा अहेव प्रहरी खोरमा



२२ चैत्र, रामेछाप ।

वलात्कार र महिला सिंहका घटना बढिरहेका बेला रामेछापमा पनि एक महिलाले स्वास्थ्य चौकीका अहेवले जबरजस्ती करणी गर्न खोजेको अभियानमा मुद्दा दर्ता गराएकी छिन् । रामेछाप सुनापति गाउँपालिका–१ गुन्सीका अहेवले जबरजस्ती करणी गर्न खोजेको अभियानमा १७ बर्षिय किशोरीले जिल्ला प्रहरी कार्यालय मन्थलीमा उजुरी दर्ता गराएकी हुन् । गुन्सी स्वास्थ्य चौकीका अहेव ३६ वर्षिय राकेश दास माथि जवरजस्ती करणी ऐन अन्तर्गत जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दर्ता भएको छ ।

स्वास्थ्य चौकीमा स्वास्थ्य जाच गर्न आएकी सुनापति गाउँपालिका–४ की १७ बर्षिय एक युवतीलाई यौन दुव्र्यवहार गरेको भन्दै प्रहरी कार्यालयमा जवरजस्ती करणी उद्योगमा उजुरी परेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

मुद्दा दर्ता भएलगत्तै प्रहरीले अहेव राकेश दासलाई पक्राउ गरी हिरासतमा राखेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।  प्रहरीका अुनसार  चैत्र १२ गते एसइई परीक्षा दिन गुन्सी गएकी वेथानकी किशोरीलाई टाउको दुख्ने , वाक वाकी लाग्ने ,पेट दुख्ने , डायरीया हुने समस्या भएपछि नजिकैको गुन्सी स्वास्थ्य चौकीमा उपचारका लागि गएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख डिएसपीअमरेन्द्र बहादुर सिंहले आरोपी अहेवलाई प्रक्राउ गरी सात दिनको म्याद थपेर अनुसन्धान गरिरहेको रामेछाप न्युजलाई बताए ।

प्रतिक्रिया दिनुहोस्