प्रदेश ३ को वित्त परिषदमा रामेछाप खाँडादेवी गाउँपालिकाका अध्यक्ष तामाङ सिफारिस



२२ चैत्र, हेटौडा । प्रदेश ३ मन्त्रिपरिषद बैठकले अन्तर सरकारी वित्त परिषदको सदस्यमा दुई जनालाई सिफारिस गरेको छ ।

बैठकले रामेछापको खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम तामाङ र नुवाकोटको विदुर नगरपालिका उपप्रमुख कविता ढुंगानालाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।

संघीय सरकारको अर्थमन्त्रीको अध्यक्षतामा गठन हुने परिषदमा प्रत्येक प्रदेशबाट २२ जना र वित्त क्षेत्रका विज्ञ मध्येबाट मन्त्रालयले मनोनित गरेका महिला सहित ३ जना सदस्य रहन्छन् ।

प्रत्येक प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री पदेन सदस्य रहने व्यवस्था छ । संघीय सरकार, प्रदेश र स्थानीय तहबीच अन्तर सरकारी वित्त व्यवस्थापन विषयमा आवश्यक परामर्श तथा समन्वय गर्न परिषदले काम गर्छ ।

प्रतिक्रिया दिनुहोस्