प्रदेश ३ को निजामतीको सचिवमा ढुंगाना



२७ चैत्र, काठमाडौं ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती प्रदेश नम्बर ३ को सचिवमा श्रवण ढुंगाना निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न प्रथम अधिवेशनले पुरुषोत्तम रायमाझीको अध्यक्षमा २५ सदस्यीय प्रदेश समिति निर्वाचित गरेको हो ।

अधिवेशनबाट प्रदेश सचिवमा जिल्ला आयोजना कार्यान्वयन इकाई रामेछापका लेखापाल श्रवणकुमार ढुंगाना अत्याधिक बहुमत ल्याएर विजयी भएका हुन् । त्यसैगरी रामेछापबाट प्रदेश सदस्यमा दोरम्बा गाउँपालिका नायव सुब्बा रामहरि अधिकारी र सुनापति गाउँपालिकाका लेखापाल बमबहादुर विक निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्