रामेछापको जिल्लाको नक्सा र चार शहीदको फोटो सहित रामेछापका प्रकाशराज पाण्डेले सगरमाथा आरोहण गर्दै



२७ चैत्र, रामेछाप ।
रामेछाप जिल्लाका युवा प्रकाश पाण्डेले रामेछाप जिल्लाको नक्सा र चार शहीदको फोटो लिएर सगरमाथिा आरोहण गर्ने भएका छन् । रामेछाप जिल्ला लिखु तामाकोशी गाउँपालिका निवासी प्रकाशराज पाण्डेले सगरमाथा आरोहण गर्ने भएका छन् । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गर्दै उनले बालअधिकारका लागि चेतना फैलाउन आफूले बुधबारदेखि सगरमाथा आरोहण गर्न लागेको जानकारी दिए ।

कार्यक्रममा प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले पाण्डेको आरोहणले रामेछाप र नेपालको परिचयलाई विश्व माझमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले स्काउटमा लागेर विश्वको सर्वोच्च शिखर सगरमाथा पुग्नु देशकै गौरव कार्य भएको धारणा राखे।

युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले देशका एक करोड सात लाख युवाको प्रतिनिधित्व गर्दै सगरमाथा आरोहण गर्न लागेकामा उनलाइ शुभकामना व्यक्त गरे । पाण्डेलाइ सगरमाथामा फहराउने नेपालको राष्ट्रिय झण्डा प्रधानमन्त्री केपी शर्मा ओलीबाट यस अगाडि नै हस्तान्तरण भइसकेको छ भने अन्य झण्डा तथा तस्विर प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री ढुंगेलमार्फत आज हस्तान्तरण गरिएको हो । पाण्डेसँग अन्य ८ जनाले सगरमाथा आरोह गर्दै छन् ।

स्काउटमा रहेर बालबालिका तथा किशोरकिशोरीको शारीरिक, मानसिक र बौद्धिक विकासमा महत्वपूर्ण भूमिका खेलेका पाण्डेले नेपालको पर्यटन विकासमा योगदान पुर्याउने, बालबालिकाको हक अधिकारलाई सगरमाथाको चुचुरोबाट उठाउने, विभिन्न देशका स्काउटलाई सगरमाथा चढ्न आह्वान गर्ने उद्देश्यले सगरमाथा आरोहण गर्न लागेको बताए ।

उनले भने–यस अगाडि रसुवा जिल्ला स्थित ५ हजार ८ सय ९० मिटर उचाईको बेडेन पावेल स्काउट पिक दुई पटक, ६ हजार १ सय ६० मिटर अग्लो आइस ल्याण्ड पिकको समेत सफलता पुर्वक आरोहण गरि सकेको छु ।’ उनले सगरमाथा आरोहणमा ४५ लाख खर्च लाग्ने र बचेको रकम भूकम्पपीडित क्षेत्रका बालबालिकाको लागि खर्च गर्ने बताए । पाण्डेले नेपालको राष्ट्रिय झण्डा, नेपाल स्काउट र विश्व स्काउटको झण्डा, राष्ट्रिय युवा परिषद्का झण्डा, चार शहीद र रामेछाप जिल्लाका तस्वीर सगरमाथामा पुर्याउने बताए ।

युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले देशका एक करोड सात लाख युवाको प्रतिनिधित्व गर्दै सगरमाथा आरोहण गर्न लागेकामा उनलाइ शुभकामना व्यक्त गरे ।

पाण्डेलाइ सगरमाथामा फहराउने नेपालको राष्ट्रिय झण्डा प्रधानमन्‍‍त्री केपी शर्मा ओलीबाट यस अगाडि नै हस्तान्तरण भइसकेको छ भने अन्य झण्डा तथा तस्विर प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री ढुंगेलमार्फत आज हस्तान्तरण गरिएको हो । पाण्डेसँग अन्य ८ जनाले सगरमाथा आरोह गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्