घुस मागेपछि रामेछापका वन अधिकृत ठाकुरलाई कार्यालयमा नै थुनियो



२७ चैत्र, रामेछाप ।
सेवाग्राहीसँग ५ लाख घुस लिएर काठ लैजान अनुमति नदिएको भन्दै जिल्ला वन अधिकृत रामविचारी ठाकुरलाई उनकै कार्यकक्षमा सेवाग्राहीले थुनिदिएका छन् । मगंलवार दिउँसो सेवाग्राहीसँग खयर जातको गोलिया काठ बाह्य जिल्लामा लैजाने अनुमति दिने बताएका थिए । तर, त्यसबापत ५ लाख रकम दिनुपर्ने भन्दै सेवाग्राहीसँग घुस मागेपछि सेवाग्राहीले ठाकुरलाई कार्यकक्षमै थुनेका हुन् ।
सेवाग्राहीले कार्यकक्षमा ताल्चा लगाएर थुनिदिएपछि वन अधिकृत ठाकुर डाँको छाडेर रोएका थिए । अधिकृत रोएको आवाज कार्यकक्ष वाहिरसम्म नै सुनिएको थियो । २०६८ सालमा वन कार्यालयले व्यक्तिका कान्लाका खयर जातका काठहरु काट्नका लागि हिमाली कच्चा उद्योग हाँसपोसा, इटहरीलाई अनुमति दिएको थियो । काठ काट्ने अनुमति पाएपछि उद्योगका कर्मचारीहरुले जिल्लाको साविक मन्थली गाविस वडा नं १, २ र ३ त्यसैगरी साविक भटौली गाविस, भिरपानी, मझुवा, पकरवास, लगाएतका स्थानमा व्यक्तिहरुको कान्लाका काठ कटान गरेका थिए

कटान गरिएका काठहरु मध्ये ४ सय ९० क्युफिट गोलीका काठ कम्पनिलाई लैजान वन कार्यालयले इजाजत दिए पछि ती काठहरु २०६८ सालमा नै लगियो । तर पछि कार्यालयले विभिन्न अखडा बनाएर काठ लैजाने अनुमति रोकेको थियो । काठ लैजान नपाएपछि कम्पनीले महोत्तरीको बर्दिवास नगरपालिका वडा नं १ का रुपनारायण गौतमलाई बाँकी रहेको काठ लैजान अनुमति दिएका थिए । उद्योगले गौतमलाई अनुमति दिए पनि वन कार्यालयले भने हालसम्म काठ लैजाने अनुमति दिएको छैन ।
वन कार्यालयले सेवाग्राहीलाई वुझाउनु पर्ने राजश्व बुझाउन भनेपछि गौतमले १ लाख ७० हजार रुपैययाँ राजश्वसमेत तिरिसकेका छन् । राजश्व तिरिसके पनि वन कार्यालयले काठ लैजाने अनुमति भने हालसम्म दिएको छैन । कटान गरिएका काठ हाल साविक भिरपानी गाविसको सित्खा भन्ने स्थानमा १९ सय किवि काठ त्यत्तिकै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्