रामेछापमा जिल्लाभर भोलीबाट मतदाता नामावली संकलन हुँदै



१ वैशाख, रामेछाप ।
रामेछापमा वैशाक २ गतेबाट जिल्लाको ८ वटै स्थानीय तहमा मतदाता नामावली संकलन कार्यक्रम सुरु हुने भएको छ । निर्वाचन आयोगले चैत २८ गते गरेको निर्णय अनुसार रामेछापमा पनि भोलीबाट मतदाता नामावली संकलन हुन लागेको हो ।

जिल्ला निर्वाचन कार्यालय रामेछापले मतदाता नामावली संकल कार्यक्रम अन्र्तगत मतदाता नामावलीमा नाम रहेकाको विवरण अद्यावधिक गर्ने, मतदाता नामावली अन्यत्र सार्न विवरण सच्याउने र नामावलीवाट नाम हटाउने लगाएतका कार्यक्रम संचालन हुनेछ ।

जिल्लाभरका मतदाताहरुले जिल्ला निर्वाचन कार्यालय मार्फतनै यी सबै काम गर्न सकिने जिल्ला निबार्चन कार्यलय रामेछापले बताएको छ । जिल्ला निर्वाचन अधिकारी सुमन पन्थीले आवश्यक प्रक्रिया पुरा गरेर मतदाता नामावली कार्यक्रममा सहभागी हुन रामेछापका मतदाताहरुलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्