खेलकुदको विकासमा लाग्छौःअध्यक्ष मोक्तान



१ वैशाख, रामेछाप ।
दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले गाउँपालिकाभित्र खेलकुदको विकास गर्न आफू लागि परेको बताएका छन् । समाज परिवर्तनको गर्नको लागि युवाहरुको भूमिका हुने भएकाले गाउँपालिकाले खेलकुदको विकास गर्न ध्यान दिने बताएका हुन ।


दोरम्बा गाउँपालिका–७ डोरखानी डाडाँगाउँमा नवनिर्मित खेलकुद मैदानको उदघाटन एवंम वडास्तरीय फुलबल प्रतियोगीतको उदघाटन गर्दै अध्यक्ष मोक्तानले अधुरो रहेको खेलमैदानको थप विकास गर्नको लागि आगामी बजेटमा समावेश गर्ने बताए । उनले भने,‘युवाहरुको चाहना र भावना अनुसार गाउँपालिकाले उचित निर्णय गरेर खेलकुद मैदानको स्तरउन्ती गर्न र थप विकास गर्न भूमिका खेल्छ ।’


करिब ४ लाख रुपैयाँ लगानीमा खेलकुद मैदान निर्माण भएको दोरम्बा गाउँपालिका–७ का वडा अध्यक्ष रेम थापाले बताए । झण्डै वीस मिटर चौडाई र ४५ मिटर लम्बाई रहेको खेलकुद मैदानलाई थप विकास गर्नुपर्ने आवश्यकता रहेको थापाले बताए । मिलनसार युवा क्लव र लालीगुराँस युवा क्लवद्धारा संयुक्त रुपमा आयोजना गरिएको फुटबल प्रतियोगीतमा विभिन्न सात टिम सहभागी रहेका छ ।

प्रतिक्रिया दिनुहोस्