दोलखामा मोटरसाइकल दुर्घटना हुँदा रामेछापका श्रेष्ठको निधन



२ वैशाख, रामेछाप ।
दोलखाको तामाकोसी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा रामेछापका एक युवाको मृत्यु भएको छ । शनिबार राती मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो। । दुर्घटनामा मोटरसाईकल चालक रामेछापको मन्थली नगरपालिका १ का १८ वर्षीय सागर श्रेष्ठ र मोटरसाइकलमा सवार सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका ४ का २५ वर्षीय राजकुमार मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

नयाँ बर्षमा घुमघाम गरी दोलखाको शैलुङ गाउँपालिकाबाट रामेछापतर्फ आउदै गरेको बा ९२ प ७२१४ नम्बरको मोटरसाईकल राति करिव साँढे १० बजे दोलखाको तामाकोशी गाउँपालिका १ भिरकोटको माझिगाउँ स्थित घुमाउँरो सडकमा दुर्घटना भएको थियो ।

घटनास्थलमा राति देखिनै प्रहरी खटिएपनि रातको समयमा उद्धारमा कठिनाई भएकाले आइतबार बिहान उद्धार गरि पोष्टमार्टमका लागि रामेछापको सदरमुकाम मन्थली ल्याइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजेन्द्र कुमार थापाले रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार मोटरसाईकल सडकबाट करिव डेढ सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्