दोरम्बा गाउँपालिकाभित्र आर्थिक अनियमितता भएको छैनःअध्यक्ष मोक्तान (विज्ञप्ती सहित)



३ वैशाक, रामेछाप ।
दोरम्बा गाउँपालिकाले गाउँपालिकाभित्र कुनै पनि प्रकारको आर्थिक अनियमितता नभएको बताएको छ । स्थानीय तह अन्तर्गत दोरम्बा गाउँपालिकामा आर्थिक अनियमिता भएको भन्दै प्रकाशित भएको समाचारप्रति गम्भीर ध्नाकर्षण भएको बताउदै गाउँ कार्यपालिकाको बैठकले आपत्ति जनाएको छ ।
गाउँपालिकाभित्र सञ्चालन भइरहेको सबै विकास निर्माण पारदर्शी ढंगबाट अगाडि बढेको बताउदै गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले साविकको गाविसको आर्थिक अनियमिततालाई जोडेर गाउँपालिकालाई बदनाम गर्ने खेल भएको बताए । उनले भने,‘गाउँपालिकाले जनताको हितलाई केन्द्रमा राखेर काम गरिरहेको छ, जनताको सल्लाह र सुझाव अनुसार नै काम गरिरहेको, आर्थिक अनियमितता कहाँबाट हुन्छ ?’ गाउँपालिकाको यस आर्थिक बर्षको लेखा परीक्षण नै नभएको अवस्थामा आर्थिक अनिमितता भन्ने प्रसंग नै नआउने बताउदै अध्यक्ष मोक्तानले भ्रमको पछि नलाग्न पनि दोरम्बा गाउँपालिकावासीसँग आग्रह गरे ।


दोरम्बा गाउँपालिकाको नाम जोडेर नागरिक दैनिकका प्रकाशित ‘स्थानीय तहमा अरबै अनियमितता’ शीर्षकमा दोरम्बा गाउँपालिकाको जनप्रतिनिधिहरुको चरित्र हत्या गर्ने काम भएको ठहर गरेको छ । जनप्रतिनिधिहरुलाई बदनाम गर्ने उदेश्य तथा संघीयता विरोधी भाव झल्किने प्रकारको गलत समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
गाउँ कार्यपालिकाको बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ,‘भ्रमक समाचारप्रति हाम्रो घोर आपत्ति छ, हाल निर्वाचित जनप्रनितिनिधिहरुको कार्यकाल भन्दा अगाडिका आर्थिक कारोबार उल्लेख गरी समाचार सम्प्रेषण गरिएकोमा गाउँपालिका गठन पूर्वका आर्थिक गतिविधि बारे यस दोरम्बा गाउँपालिका जवाफदेही नरहेको र विगतमा भएका अनियमितताहरुलाई खोजी गरी कारवाही गर्ने गराउने हाम्रो पनि मनसाय रहेको हुँदाहुँदै यसरी भ्रमपूर्ण समाचार किन सम्प्रेषण गरियो ?’

यस्तो छ गाउँपालिकाद्धारा जारी गरिएको विज्ञप्ती

 

प्रतिक्रिया दिनुहोस्