तीन बर्षमा रामेछापमा बन्यो १२ हजार घर



४ वैशाक, रामेछाप ।
भुकम्पको तीन बर्षको अवधिमा रामेछापमा १२ हजार पाँच सय निजी आवास निर्माण भएको छ । पानी, काठ निर्माणकर्मी, निर्माण सामाग्रीको अभावको कारण भुकम्पपछि पुननिर्माणको कामले अपेक्षाकृत रुपमा गति लिन सकेको छैन् । तर अन्य जिल्लाको तुलनामा भने रामेछाप जिल्लामा निजी आवास निर्माणको कामले गति लिएको छ ।

सरकारले पुस मसान्तभित्र अनिवार्य रुपमा पहिलो किस्ता लिएका लाभग्राहीहरुले डिपिसी गर्नुपर्ने समयसीमा तोकेपछि घर निर्माणले गति लिएको थियो । लगत्तै सरकारले चैत्र मसान्तसम्मको समयसीमा दिएपछि पहिलो किस्ता लिएका अधिकांश लाभग्राहीहरुले घर निर्माणको प्रक्रिया थालेका छन् । सरकारले आगामी असार मसान्तभित्र समयसीमा तोकेपछि घर निर्माण गर्न बाँकी भुकम्प पीडितहरु निजी आवास निर्माणमा जुटेका छन् ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय रामेछापका नायव सुब्बा होम घिमिरेल जिल्लामा निजी आवास निर्माणले गति लिएको बताए । उनले रामेछाप न्युजसँग भने,‘२९ हजार ५ सय घर दोस्रो किस्ताका लागि योग्य भएकोमा हालसम्म २९ हजार घरले दोस्रो किस्ताको रकम लिइसकेका छन्, निजी निवासको कामले गति लिएको छ ।’

७ हजार ५ सय घरको तेस्रो किस्ताका लागि निवेदन परेकोमा ७ हजार घरले तेस्रो किस्ता लिइसकेको बताए । उनका अनुसार जिल्लामा अहिले ३७ हजार निजी आवास पुननिर्माणको काम भइरहेको छ ।
२०७२ साल वैशाखमा आएको विनाशकारी भुकम्पका कारण ४५ हजार ५० घर पुर्ण रुपमा क्षति भएका थिए । ती मध्ये ४३ हजार लाभग्राहीले सम्झौता गरी पहिलो किस्ता लिएका छन् ।
निजी आवास निर्माणको लागि पर्याप्त प्राविधि
विगतमा निजी आसा निर्माणमा प्राविधिकको अभाग रहेको गुनासो हुने गरेको थियो । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समिति रामेछापका प्रमुख ऋषि आचार्यले जिल्लाको ८ वटै स्थानीय तहमा आवश्यक प्राविधिक रहेको बताए । उनले रामेछाप न्युजसँग भने,‘जिल्लाभर पर्याप्त प्राविधिक रहेका छन, प्राविधिकको कारण समस्या छैन् ।’
जिल्लाभर जिल्ला बाहिरका निर्माणकर्मी
जिल्लामा ठूलो संख्यामा घर निर्माण गर्नुपर्ने भएकाले जिल्ला बाहिरका नौ हजार कामदारहरुले काम गरिरहेको बताइएको छ । जिल्लामा रोल्पा रुकुम सल्यान लगायतको जिल्लाबाट कामदार ल्याएर निजी निवासको काम अगाडि बढिरहेको छ ।
७ हजार निजी आवास बन्न बाँकी
पहिलो किस्ता लिएका सात हजार लाभग्राहीहरुले घर निर्माण सुरु गरेको प्राधिकरणले बताएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय रामेछापका नायव सुब्बा होम घिमिरेले करिब सात हजार निजी आवास निर्माणको काम बाँकी रहेको बताए । उनले भने,‘पहिलो किस्ता लिएकाहरुले असार मसान्तसम्म घर निर्माण गरिसक्नु पर्ने छ, करिब सात हजार घर निर्माण भएको पाइएको छैन, बन्ने क्रममा छन ।’
निजी आवास निर्माणका कठिनाइ
निजी आवास निर्माण गर्नको लागि लावग्राहीहरुले चाहे पनि पानी, काठ, निर्माण समाग्री लगायतको समस्या खेप्नु परेको छ । मुख्य समस्याको रुपमा कामदारको अभाव रहेको दोरम्बा गाउँपालिका–२ दोरम्बाका साइला तामाङले बताए । उनले भने,‘महंगो भएपनि निर्माण सामाग्री जुटाइयो, घर बनाउने कामदार नपाउदा समस्या नै छ ।’

प्रतिक्रिया दिनुहोस्