दोरम्बा गाउँपालिकामा कुनै पनि प्रकारको आर्थिक अनियमितता भएको छैनः प्रवक्ता गजुरेल



 ५ वैशाख, रामेछाप । दोरम्बा गाउँपालिका–६ लखनपुरका वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता अम्बिका प्रसाद गजुरेल ‘अनुप’ले गाउँपालिकाभित्र कुनै पनि प्रकारको आर्थिक अनियमितता नभएको बताएका छन् ।

उनले जनप्रतिनिधिले गाउँपालिकाको जिम्मेवारी सम्हालेपछि पादरर्शी ढंगले विकास निर्माणको कार्यक्रम सञ्चालन गरेकाले कुनै पनि आर्थिक अनियमितता नभएको बताएका हुन् । रामेछाप न्युजसँग कुराकानी गर्दै प्रवक्ता गजुरेलले विगतमा साविकको गाविसहरुले फ्स्यौट गर्न नसकेको विषयलाई आधार बनाएर गाउँपालिकाको बदनाम गर्ने कोशिस भएको बताए ।

विगतमा रहेको बेरुजुलाई हाल गाउँपालिकाको नाममा समावेश गरिएको हुँदा अनावश्यक भ्रम सृजना भएको बताउदै उनले भने,‘गाउँपालिकाभित्र जनप्रतिनिधिहरुले जिम्मेवारी सम्हालेपछि कुनै पनि प्रकारको आर्थिक अनियमितता नभएको स्पष्ट पार्दछु ।’ बेरुजु र भ्रष्टचार भन्ने विषय फरक–फरक भएको बताउदै प्रवक्ता गजुरेले काम सम्पन्न भएका सययमा नै फस्यौट गर्न नसक्दा बेरुजु आउन सक्ने र उक्त बेरुजुलाई बिल भर्पाई मार्फत सोध भर्ना गरेर फस्यौट गर्न सकिने बताए ।

तर आर्थिक अनियमिततालाई भने फस्यौट गर्न नसकिने उनको भनाई छ । महालेखा परीक्षकले सार्वजनिक गरेको प्रतिवेदनमा गाउँपालिभित्र भ्रष्टचार उल्लेख नभई बेरुजु मात्र उल्लेख गरिएको छ, अनावश्यक भ्रममा पर्न जरुरी छैन, उनले भने । विगतमा साविक गाविसहरु मार्फत भएको अनियमितता र बेरुजुको बारेमा गाउँपालिकाले अध्यययन गरिरहेको उल्लेख गर्दै उनले सत्य तथ्य पत्ता लगाएर विगतको बेरुजु र अनियमतता पनि जनता समक्ष स्पष्ट पार्ने गृहकार्य अगाडि बढाएको बताए ।

प्रतिक्रिया दिनुहोस्