रामेछापको दोरम्बा गाउँपालिकाका बालमैत्री घोषणा हुँदै



६ वैशाख, रामेछाप । दोरम्बा गाउँपालिकाले छिट्टै गाउँपालिकालाई बालमैत्री घोषणा गर्ने तयारी गरेको छ । गाउँपालिकालाई बालमैत्री घोषण गर्न आवश्यक सुचाङकहरु ६० प्रतिशत पुरा भइसकेको केही समयभित्र नै बालमैत्री घोषणा गर्ने भएको हो ।


बालमैत्री स्थानीय शासनको सुचनाहरुको सरलीकरण तथा बालमैत्री आचारसंहिता निर्माण सम्बन्धि विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । गाउँपालिका प्रमुख कमानसिंह मोक्तानले गाउँपालिका भित्र रहेको प्रत्येक वडाको विद्यालयमा बालमैत्री शासनको व्यवस्था गरी छिट्टै गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्ने बताए ।

गाउँपालिकाले गाउँपालिका भित्र रहेका विद्यालयहरुलाई कसरी बालमैत्री शासनबाट पठनपाठनलाई अगाडी बढाउने भन्ने विषयमा सरोकारवाला पक्षत्रसँग छलफल र अन्र्तक्रिया कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्