महिला बालबालिका र जेष्ठ नागरिकलाई प्राथमिकतामा राखेर काम गछौंः उपाध्यक्ष घिसिङ



६ वैशाख,रामेछाप ।
दोरम्बा गाउँपालिकाका उपाध्यक्ष कृशला घिसिङले आगामी बजेट निर्माण गर्दा महिला बालबालिका, अपाङगता र जेष्ठ नागरिकहरुलाई उच्च प्राथमिकतामा राखेर तयार गरिने बताएकी छिन् । उनले गाउँपालिकाभित्रका नागरिकहरुको चाहना र आवश्यकता अनुसार नै आगामी बजेट निर्माण हुने बताएकी हुन् ।


उपाध्यक्ष घिसिङले विगतमा पर्याप्त परामर्श नगर्दा लक्षित वर्ग समक्ष बजेट तर्जुमा हुन नसकेको बताउदै आगामी बजेट निर्माण गर्दा सबै पक्षलाई ध्यान दिएर काम गर्ने बताइन । गाउँपालिकाले विपन्न वर्गलाई आर्थिक रुपमा समृद्ध बनाउने मुख्य उदेश्य साथ काम गरिरहेको छ, उनले भनिन ।


दोरम्बा गाउँपालिकाका सात वटै वडाका वडास्तरीय महिला बालबालिका अपाङगता र जेष्ठ नागरिकहरुसँगको अन्तक्रिया कार्यक्रममा उपाध्यक्ष घिसिङले सबैको सल्लाह सुझाव अनुसार नै अगामी बजेट निर्माण हुने विश्वास व्यक्त गरिन । गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७५÷०७६ को लागि योजना तर्जुमा र गाउँपालिकाभित्रका जनतासँग अन्र्तक्रिया कार्यक्रम सञ्चालन गरेको छ ।

गाउँपालिकाभित्रको आवश्यकता पहिचान गरेर मात्र आगामी दिनमा बजेट विनियोजन गर्ने तयारी गाउँपालिकाले गरेको छ । गाउँपालिकाद्धारा आयोजित अन्तक्रिया कार्यक्रममा सात वटै वडाका महिला बालबालिका अपाङगता र जेष्ठ नागकिहरुले आ–आफ्नो सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्