खाँडादेवी गाउँपालिकाले १ करोड ५२ लाखमा कार्यालय भवन बनाउने



८ वैशाख, रामेछाप ।
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाले आफ्नै भवन निर्माण गर्ने भएको छ । गाउँपालिका केन्द्र वडा नम्बर ६ माकादुमको घ्याङसिङमा पक्की भवन निर्माण गर्ने भएको छ । गाउँपालिकाकाले १ करोड ५२ लाख रुपैयाँमा आधुनिक र सुविधा सम्पन्न पक्की भवन निर्माण गर्नेको लागि ठेक्का आह्वान गरिसकेको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले बताए । उनले भवन नहुँदा समस्या भएकाले पक्की भवन निर्माणको प्रक्रिया अगाडि बढाइएको बताए । उनले रामेछाप न्युजसँग भने,‘पक्की भवन निर्माणको लागि इबिड प्रणाली मार्फत ठेक्का आह्वान गरेको र केही समयभित्र नै ठेक्का सम्झौता गरेर निर्माणको काम अगाडि बढाउछौ ।’


भवन बनाउन गाउँलेद्धारा निशुल्क जग्गा दान
गाउँपालिकाको कार्यालय भवन निर्माण गर्नको लागि स्थानीयवासीले २२ रोपनी जग्गा निशुल्क रुपमा उपलब्ध गराएका छन् । गाउँपालिकाको भवन निर्माण गर्न सहज होस भन्ने उदेश्यको साथ स्थानीयले आफ्नो नाममा भएको २२ रोपनी जग्गा गाउँपालिकालाई पास गरेर दिएका छन् । गाउँपालिकाले भवन निर्माण गर्नको लागि जग्गा अभाव नभएको र अन्य कार्यालय भवन निर्माण गर्नको लागि सार्वजनिक जग्गाको खोजी गर्ने कार्य भइरहेको तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्