रामेछापमा तीन बर्षमा १३ हजार घर ठडिए



१२ वैशाख, रामेछाप ।
विनाशकारी भुकम्प गएको तीन बर्षको अवधिमा रामेछापमा १३ हजार निजी आवास पुननिर्माण भएको छ । जिल्ला आयोजना कार्यान्वय इकाईका अनुसार  १३ हजार घर निर्माण भएको छ । जिल्लामा २९ हजार २ सय ७४ घर दोस्रो किस्ताका लागि योग्य भएकोमा हालसम्म २९ हजार ३१ घरले दोस्रो किस्ताको रकम लिएका छन् । जिल्लामा हाल ३७ हजार भन्दा बढि निजि घरहरुमा पुननिर्माणको काम जारी रहेको छ ।

जिल्लाभरबाट १४ हजार ५ सय गुनासो परेकोमा ११ हजार ८ सय ४८ गुनासो जिल्लाबाट पठाइसकिएको र केन्द्रले छानविन गरिरहेको जिल्ला आयोजना कार्यान्वयन इकाई रामेछापले जनाएको छ ।
रामेछापमा २०७२ साल वैशाखमा आएको महाभूकम्पका कारण ५० हजार भन्दा बढी घर क्षतीग्रस्त भएका थिए । जसमध्य ४३ हजार ३ सय ४० लाभग्राहीले सम्झौता गरी पहिलो किस्ता लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्