रामेछापमा ६२ करोडमा बन्यो पाँच वटा विद्यालय



१२ वैशाख, रामेछाप ।
रामेछापमा भुकम्पको कारण क्षतिग्रस्त विद्यालयहरुको पुननिर्माणको कामले गति लिएको छ । तीन बर्ष अघि रामेछापमा भत्किएका मध्ये पाँच वटा विद्यालयको पुनिर्माण कार्य सम्पन्न भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना केन्द्रीय इकाई (शिक्षा) ले ६२ करोडमा लागतमा पाँच वटा पक्की भवन निर्माण गरेको हो । एडिबीको आर्थिक  सहयोगमा पाँच वटा पक्की भवनको पुनिर्माण भएको छ ।


रुद्राक्षश्वर मावि भटौलीमा आयोजित नवनिर्मिात भवनको कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले उदघाटन गर्दै निर्माण सम्पन्न चार वटा भवनको विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई संयुक्त रुपमा साचो हस्तान्तरण गरे ।


केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) माफर्त १३ महिना अघि सरकारले रामेछापको पाँच पाँच वटा विद्यालय निर्माणको लागि ठेक्का सम्झौता गरेको थियो । भुकम्पको कारण ध्वस्त भएको पाँच वटा विद्यालय भवन निर्माण गर्ने जिम्मेवारी पाएको शर्मा÷डाँफे÷खानी जेभीले  विद्यालय निर्माण गरेर हस्तान्तरण गरेको छ ।
करिब ६२ करोड रुपैयाँमा पाँच वटा विद्यालय भवनको पुननिर्माण गरिएको जेभी पार्टनर एवं खानी निर्माण सेवाका प्रबन्ध निर्देशक रत्न गौतमले बताए । उनले रामेछाप न्युजसँग भने,‘सम्झौता मितिभित्र नै भवन निर्माण गरेर  हस्तान्तरण गरेका छौ ।’


शर्मा÷डाँफे÷खानी जेभीले भुकम्पको कारण ध्वस्त भएको मन्थली नगरपालिकास्थित नाककन्या मावि गडवारी रुद्राक्षश्वर मावि मुगिटार, भैरवी मावि सुनारपानी, भिमेश्वर प्रसुन कडेल मावि रजगाउँ र नवदर्शन मावि तिल्पुङ गरी पाँच वटा विद्यालय भवन निर्माण गरेको हो ।
निजी आवास निर्माणको तुलनामा विद्यालय पुननिर्माणको कार्यले गति लिएको छ । जिल्लाका अधिकाशं विद्यालय हाल निर्माणधिन अवस्थामा छन । जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) रामेछापका प्रमुख हेमन्त कुमार बुढाथोकीले भुकम्पको कारण भत्किएका विद्यालय भवनहरुको पुननिर्माणको कार्य तीब्र गतिमा अगाडि बढेको बताए । उनका अनुसार रामेछापको ८ वटा स्थानीय तहमा ४ सय १९ वटा विद्यालय रहेको र सबै नयाँ बन्ने चरणमा रहेका छन् जिल्लामा चार सय भन्दा बढी विद्यालय पुनिर्माण हुनु पर्ने भएपनि अझै एक सय भन्दा बढी विद्यालयको पुनिर्माणको काम अगाडि बढन सकेको छैन् ।

नवनिर्मित विद्यालय भवनको साँचो हस्तान्तरण कार्यक्रममा रामेछाप प्रदेश सभा १ का शान्ति पौडेल, प्रदेशसभा सांसद रिता माझी, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्का, मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेत, खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङ, सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामा, खानी निर्माण सेवाका टिम पार्टनर दिपेन्द्र कुमार कार्की लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्