रामेछापका सिडियो लामेछानेको सरुवा नयाँ सिडियोमा शर्मा को हुन शर्मा ?



१३ वैशाख, रामेछाप ।
गृह मन्त्रालयले ६० जना प्रमुख जिल्ला अधिकारीको सुरुवा गरेको छ । गृह मन्त्रालयले ३० जना सहसचिव र ३० जना उपसचिव सहित ३७ जिल्लाका सिडियोको सरुवा गरेको हो ।

रामेछापबाट प्रजिअ दिलिपप्रसाद लामेछानेको गृह मन्त्रालयमा सरुवा भएको छ भने नयाँ सिडियोमा कृष्ण प्रसाद शर्माको तोकिएका छन् । रामेछापमा सिडियो नियुक्त भएका शर्मा हाल गृह मन्त्रालय अन्तर्गत लागू औषध शाखाका प्रमुख थिए ।

मन्त्रालयमा आउनु अघि शर्मा सोलुखुम्बु जिल्लाको सिडियो भएका थिए । सोलुखुम्बुमा कुशल प्रशासकको रुपमा आफूलाई चिनाउन सफल भएका शर्माले रामेछापमा पनि आफ्नो जिम्मेवारी निर्वाह गर्ने बताएका छन् । शर्माले रामेछाप न्युजसँग भने,‘अबको एक साताभित्र रामेछापमा हाजिर हुन्छ, गलत काम गर्नेहरुलाई कानुनी दायरमा ल्याउछु ।’

प्रतिक्रिया दिनुहोस्