अब गाउँगाउँमा प्राविधिक शिक्षा



१३ वैशाख, भक्तपुर ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले स्थानीय समुदायमा आधारित प्राविधिक शिक्षालाई स्थानीय समुदायसम्म पु¥याइने बताएका छन् ।
सरकारी, निजी र सहकारी क्षेत्र मिलेर प्राविधिक र व्यावसायिक शिक्षाको पाठ्यक्रमलाई तल्लो तहसम्म पु¥याउनु पर्नेमा जोड दिै उनले अब गाउँगाउँमा प्राविधिक विद्यालय स्थापना गर्ने बताएका हुन् ।
नेपालमा रहेको विद्यमान बेरोजगार समस्या समाधानका लागि सीपयुक्त प्राविधिक शिक्षा सबै स्थानीय तहमा पु¥याउन वर्तमान सरकार क्रियाशील रहेको बताउदै उनले भने,‘संघीय शिक्षा नियम र अनिवार्य शिक्षा ऐन बनाइने तयारी भएको छ ।’

स्थानीय कमलविनायकमा निर्माण भएको नेपाल भोकेशनल एकेडेमीको भवन उद्घाटन गर्दै मन्त्री पोखरेलले प्राविधिक शिक्षाको विकल्प नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्