अपराध नियन्त्रण गर्न कुनै कसर बाँकी राख्दिनःमहानिरीक्षक खनाल



१३ वैशाख, काठमाडौं ।
नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराध नियन्त्रण संगठनको पहिलो प्राथमिकता भएको बताएका छन् । उनले अपराध नियन्त्रणका लागि कुनै कसर बाँकी नराखी काम गर्ने बताएका हुन् । विहिवार पत्रकारहरुसँग कुराकानी गर्दै उनले अपराध नियन्त्रण गर्नको लागि सबै मातहत कार्यालयमा निर्देशन दिइएको बताए ।


खनालले अपराध नियन्त्रणका लागि काम भइरहेको भन्दै अपराध नियन्त्रणमा नलागी अपराधीसँगै मिल्ने प्रहरी संगठनभित्रको किरा भएको टिप्पणी गरे । उनले भने,‘प्रहरी संगठनमा बसेका केही नालायक सदस्यहरुले गर्ने काम संगठनले गरेको काम हुँदैन । संगठनमा केही त्यस्ता किराहरु हुन्छन्, तिनीहरुलाई हटाउनु पर्छ ।’ उनीहरुका कारण प्रहरी संगठनलाई असर परेको भन्दै उहाँले राम्रो काम गर्नेलाई पुरस्कृत र खराब काम गर्नेलाई कारवाही गरिने उनले बताए ।

आफू प्रहरी प्रमुख भएपछि जनताले अनुभूति गर्ने गरी काम शुरु गरिसकेको उनले बताए । संघीय प्रहरी ऐन बन्दै गरेको र ऐन आएपछि प्रदेश कार्यालयहरु स्थापना भएर ऐनले निर्दिष्ट गरेअनुसार काम अगाडि बढाइने छ, खनालले भने ।

प्रतिक्रिया दिनुहोस्