प्रदेश ३ को अस्थायी राजधानी हेटौडाबाट सर्ने, स्थायी राजधानी तोक्न बन्यो समिति



१४ वैशाख, हैटौडा ।
प्रदेश नम्ब्र ३ को प्रदेशसभा बैठकले स्थायी राजधानीबारे अध्ययन गर्न १३ सदस्यीय विशेष समिति गठन गरेको छ । अस्थायी राजधानीबाट स्थायी राजधानी बनाउनु पर्ने माग सहित प्रदेशसभाका सदस्यहरुले प्रस्ताव दर्ता गराएपछि समिति गठन गरेको हो ।

समितिमा नेकपा एमालेबाट पाँच र नेकपा माओवादी केन्द्रबाट दुई÷दुई तथा नेपाली काँग्रेस, राप्रपा, राप्रपा(प्रजातान्त्रिक) नेमकिपा र साझा विवेकशीलबाट एक एक गरी १३ सदस्य रहेका छन् । सदस्यमा एमालेबाट दीपक निरौला, सरस्वती बस्नेत, विजय सुवेदी, वसन्त मानन्धर र डा रामकुमार अधिकारी, माओवादी केन्द्रबाट विशाल खड्का र जगत सिंखडा, कांग्रेसबाट छिरिङदोर्जे लामा, राष्ट्रिय जनशक्ति पार्टीबाट प्रभात तामाङ, विवेकशील साझा पार्टीबाट विराजभक्त श्रेष्ठ, नेमकिपाबाट सुरेन्द्रराज गोसाईं, राप्रपाबाट रीता माझी, राप्रपा(प्रजातान्त्रिक)बाट रीना गुरुङ रहेका छन् ।
समितिले राजधानीका लागि सम्भावित ठाउँको अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्नेछ । प्रदेश ३ को राजधानीका लागि हालसम्म काभ्रेपलाञ्चोक, नुवाकोट र भक्तपुरका सांसदले माग दावी गर्दै संसद्मा निवेदन दर्ता गराएका थिए ।

यसअघि आजको बैठमा मुख्यमन्त्री डोरमणि पौडेलले पेश गरेको गाउँ नगर र जिल्ला सभा सञ्चालन गर्न बनेको विधेयक र स्थानीय निकायको निर्वाचित पदाधिकारी एवं सदस्यलाई सेवा सुविधा )पारिश्रमिक० सम्बन्धी विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्