शैक्षिक प्रमाणपत्र धितो राखी ऋण उपलब्ध गराउन माग



१६ वैशाख, काठमाडौं ।
शैक्षिक प्रमाणपत्र धितो राखेर निब्र्याजी ऋण उपलब्ध गराउन माग राख्दै संयुक्त विद्यार्थी संगठनले अर्थमन्त्री डा युवराज खतिवडासँग माग गरेका छन् । विद्यार्थी संगठनहरुले शैक्षिक प्रमाणपत्र राखेर निब्याजी ऋण उपलब्ध गराउनु पर्ने ज्ञापनपत्र अर्थमन्त्री खतिवडालाई बुझाएका हुन् ।
शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाउने व्यवस्था यसअघि नै भए पनि कार्यान्वयनमा आउन सकेको थिएन । विद्यार्थी संगठनको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री डा खतिवडाले विद्यार्थी संगठनको माग सम्बोधन गर्न आफू र वर्तमान सरकार तयार रहेको बताएका छन् ।
ज्ञापनपत्र बुझाउन पुगेका अनेरास्ववियू (क्रान्तिकारी)का महासचिव उत्तम अधिकारीले आर्थिक वर्ष २०७५÷७६ को बजेट निर्माणको तयारी भइरहेको बेला शैक्षिक प्रमाणपत्र धितोमा राखी निब्र्याजी ऋण उपलब्ध गराउन आग्रह गरिएको जानकारी दिए । ज्ञापनपत्र बुझाउन अनेरास्ववियू, नेपाल विद्यार्थी संगठन, अखिल (क्रान्तिकारी) लगायत विद्यार्थी संगठनका नेता मन्त्रालय पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्