धन्न बाँचे रामेछापमा वडा अध्यक्ष तामाङ



१९ वैशाख, रामेछाप ।
रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–२ सैपुका वडा अध्यक्ष पदम तामाङ बालबाल बचेका छन् । गाउँपालिकाको धोवी दिलौरी सडक अन्तर्गत दिलौरी डाँडामा मोटरसाइकल दुर्घटना हुँदा तामाङ भने बच्न सफल भएका छन् ।

यसै बर्ष खरिद गरेको वडाको बा २ ब ६६०९ नम्बरको मोटरसाईकल सडक भन्दा करिब तीन सय मिटर तल खसेको थियो । इकाला प्रहरी कार्यालय धोवीका प्रहरी निरीक्षक राजकुमार तामाङले वडा अध्यक्ष तामाङ सुरक्षित रहेको बताए रामेछाप न्युजलाई बताए । सडक अपठ्यारो र चिप्लो भएको कारण मोटरसाइकल दुर्घटना भएको उनले जानकारी दिए । वडा अध्यक्ष तामाङ भने ज्यान जोगाउन सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्