जेठ १ गते सरकारको नीति तथा कार्यक्रम, के–के आउदैछन कार्यक्रममा ?



१९ जेठ, काठमाडौं ।
राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम आगामी जेठ १ गते प्रस्तुत हुने भएको छ । प्रतिनिधिसभाको दोस्रो अधिवेशनकोे पूर्वसन्ध्यामा सभामुख कृष्णबहादुर महराले जेठको पहिलो साता सरकारको नीति तथा कार्यक्रममाथि छलफल भई पारित गर्ने सदनको कार्यक्रमका बारेमा जानकारी गराउनुभयो ।

राष्ट्रिपति विद्यादेवी भण्डारीले संघीय संसद्को द्वितीय अधिवेशन यही वैशाख २३ गतेका लागि आह्वान गर्नुभएको छ ।

उक्त अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको बैठक वैशाख २३ गते अपराह्न ४ बजे प्रारम्भ हुने र बैठकमा अधिवेशन अघि जारी अध्यादेश प्रस्तुत हुने उहाँले बताउनुभयो ।

सभामुख महराले वैैशाख २४ देखि २६ गतेभित्र नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि सिद्धान्त र प्राथमिकतामाथि छलफल, संशोधन प्रस्तुत गर्ने अवधि र पारित गर्ने साथै पहिलो बैठकमा प्रस्तुत भएका अध्यादेश स्वीकृत गरिने जानकारी गराउनुभयो ।

वैशाख २६ गतेदेखि तीन दिनसम्म (प्रि बजेट) विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अर्थमन्त्रीबाट प्रस्तुत गर्ने र सभामा छलफल गर्ने जानकारी गराउँदै उहाँले भन्नुभयो, “जेठ १५ गते संविधानबमोजिम राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट० प्रस्तुत गर्ने, जेठ १७ गते बजेटमाथि सैद्धान्तिक छलफल गर्ने, अर्थमन्त्रीबाट जवाफ दिने कार्यक्रम छ ।”

संसद्मा जेठको अन्तिम सातादेखि असारको तेस्रो सातासम्म विनियोजन विधेयक प्रस्तुत गरी सबै मन्त्रालयका शीर्षकगत छलफल गर्ने र विनियोजन तथा उक्त विधेयकसँग आश्रित अन्य विधयेक पारित गरिने छ ।

असारको अन्तिम सातादेखि सदनमा प्राप्त संविधान कार्यान्वयनसम्बन्धी विभिन्न विधेयकमाथि छलफल गर्ने र दर्ता हुन आएका सार्वजनिक महत्वका प्रस्ताव, संकल्पलगायतका प्रस्तावमाथि छलफल हुने सभामुख महराले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्