‘सेवा बन्द गरेका गाडीको रुट परमिट आजैदेखि खारेज हुन्छ’



२१ वैशाख, काठमाडौं ।
सरकारले बन्द हड्तालको नाममा सवारी साध नचलाउने यातायात समितिको रुट परमिट आजै निलम्बन गर्ने भएको छ ।
गृहमन्त्रालय, यातायात व्यवस्था विभाग र नेपाल प्रहरीको संयुक्त बैठकले आजैदेखि सवारी साधन नचलाउने बसको रुट इजाजत निलम्बन गर्ने निर्णय भएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिएका हुन् ।


महानिर्देशक भट्टराईले सरकारको निर्णय नमान्ने यातायात व्यवसायीको कुनै पनि माग पूरा गर्न नसकिने बताउँदै आजै साँझदेखि लागु हुने रुट परमिट निलम्ब गर्ने तयारी भइरहेको बताए । सवारी तथा यातायात व्यवस्था ऐन अनुसार रुट परमिट निलम्बन गरिने उनले बताएका छन् ।

त्यसैगरी सिन्डिकेट लाद्ने बस व्यवसायी समिति तथा व्यक्तिहरुले बैँकबाट धमाधम पैसा निकालेको सुचना प्राप्त भएको भन्दै उनले बैँक खाता रोक्नक ालागि गृहमन्त्रालयले गृहकार्य सुरु गरिसकेको बताए ।

बैठकले सार्वजनिक यातायात सञ्चालन नगर्ने यातायात महासंघ र समितिहरुको बैक खाता रोक्कागर्ने निर्णय गरेको छ । खाता रोक्का लागि विभागले अर्थ मन्त्रालयमार्फत राष्ट्र बैंकलाई लेखि पठाउने तयारी भइरहेको भट्टराइले बताए ।

बैठकले यातायात सेवा सञ्चालन गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ । साथै विमाल गायतका केही जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्