रामेछापवासीले अब घर दैलोमा नै नागरिकता पाउँछनःप्रजिअ शर्मा



सिंहदरवारको अधिकार गाउँगाउँमा पुगेपनि नागरिकता बनाउनको लागि भने अझै पनि सदरमुकाम नै धाउनु पर्ने बाँध्यता छ । नागरिकता वितरणलाई सहज र सरल बनाउने विषयमा जनप्रतिनिधिहकरु पनि चिन्तित छन् । रामेछाप जिल्लाका २ नगरपालिका र ६ गाउँपालिकाका नागरिकहरुलाई पनि नागरिकता लिनको लागि घण्टौ धाएर सदरमुकाम मन्थली जानुपर्ने बाँध्यता छ । रामेछापको प्रदेशसभा १ नम्बर निर्वाचन क्षेत्रका जनतालाई सहज रुपमा सेवा उपलब्ध गराउने उदेश्यको साथ स्थापना भएको ईलाका प्रशासन कार्यालय लाप्चानेमा कर्मचारीको अभाव भएको कारण सेवा सञ्चालन हुन सकेको छ्र्रैन् ।
स्थानीय सरकार र जिल्लका सांसदहरुले गृहमन्त्री रामबहादुर थापासँग तत्काल कर्मचारी पठाउन माग गरेपनि कर्मचारीको व्यवस्था हुन सकेको छैन् । विगत एक बर्ष हुन लाग्दा समेत रामेछापमा नागरिकता वितरणको लागि घुम्ती शिविर सञ्चालन हुन सकेको छैन् । रामेछापमा आइतवारबाट नयाँ प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा हाजिर हुनुभएको छ । अब जिल्ला प्रशासन कार्यालयले जनताले पाउनु पर्ने सेवा सुविधाहरुलाई कसरी प्रवाह गर्छ भन्ने विषयमा प्रजिअ शर्मासँग रामेछाप न्युजले गरेको कुराकानीः–

कृष्णप्रसाद शर्मा
प्रमुख जिल्ला अधिकारी, रामेछाप

नागरिकता बनाउको लागि घण्टौ धाएर अझै पनि नागरिकहरु सदरमुकाम मन्थली आउन बाँध्य छन के योजना बनाउनुभएको छ ?
–यो विषयमा म निकै गम्भीर छु । नागरिकहरुले घर दैलोमा नै सेवा पाउनु पर्छ भन्ने मेरो मान्यता हो । मैले रामेछाप जिल्लाको सबै स्थानीय तहमा नागरिकता घुम्ती शिविर सञ्चालन गर्ने योजना बनाएको छु । रामेछाप जिल्लाको ६ वटा गाउँपालिकालाई पहिलो प्राथमितामा राखेको छु । मन्थली नगरपालिका र रामेछाप नगरपालिकाको टाढाका वडाहरुमा आवश्यकताको आधारमा घुम्ती शिविर सञ्चालन गनुपर्छ । गाउँपालिकाहरुको वडा–वडामा अहिले तत्काल पुगेर सेवा दिन नसके पनि गाउँपालिकाको केन्द्रहरुमा नागरिकता वितरण गर्नको लागि घुम्ती शिविर सञ्चालन गर्ने मेरो पहिलो काम हुनेछ । नागरिकहरुको चाहना र भावना अनुसार नै काम गर्छु । साथै जिल्लास्थित अन्य कार्यालयबाट हुने सार्वजनिक सेवा प्रवाहलाई समेत चुस्त दुरुस्त र प्रभावकारी बनाउने मेरो मुख्य उदेश्य हुनेछ ।

कहिलेबाट सुरु हुन्छ त ?
–केही समयभित्र नै सुरु हुन्छ । सुरुमा दुर्गम क्षेत्रबाट सुरु हुन्छ । नागरिकताको घुम्ती शिविर उमाकुण्ड गाउँपालिबाट सुरु हुन्छ । त्यसपछि गोकुलगंगा गाउँपालिका, लिखु गाउँपालिका, सुनापती गाउँपालिका, दोरम्बा गाउँपालिका र खाँडादेवी गाउँपालिकाको केन्द्रमा सञ्चालन गछौं । घुम्ती शिविर सञ्चालन गर्नु अघि गाउँपालिकासँग समन्वय गछौं । । धेरै भन्दा धेरै जनताले सेवा लिउनु भन्ने हाम्रो मुख्य लक्ष्य हुनेछ ।
ईलाका प्रशासन कार्यालय लाप्चाने बन्द छ, कहिलेबाट सञ्चालन होला ?
–नागरिकहरुले सहज रुपमा सेवा सुविधा पाउनु पर्छ । यसको लागि मैले मन्त्रालयमा कुरा गरिसकेको छु । मैले सुनेसम्म जिल्लाका जनप्रतिनिधिहरुले पनि गृहमन्त्री समक्ष कर्मचारी पठाउन माग गरिसक्नुभएको छ । मन्त्रालयले कर्मचारी पठाएपछि लाप्चानेमा बन्द रहेको कार्यालय सञ्चालनमा आउछ । यसलाई सञ्चालनमा ल्याउन म लाग्ने छु ।
तपाईको कार्यकालमा जिल्लामा शान्ति सुरक्षाको अवस्था कस्तो रहन्छ ?
–जिल्लाको समग्र अवस्थाको बारेमा जानकारी लिइरहेको छु । जिल्लामा शान्ति सुरक्षाको अवस्था मजबुद्ध रहन्छ । कानुन विपरीत काम गर्ने जो कोहीलाई पनि प्रशासनले छोडदैन । गुण्डागर्दी, हप्ता असुल्ने, चन्दा उठाउने, समाजमा अपराधिक क्रियाकलाप गर्नेलाई पक्राउ गरेर कारवाही गछौं ।

प्रतिक्रिया दिनुहोस्
XF4L, Qip9v6CIxyRQ4iiX, D4iM, T4jmYZx6, otOWfkxC, 5U1sSr89aRILnL, fPsu, oXqdaykJGHq1MKRR, t6bRt, 6PSitvuPid