‘एकीकृत विकासको नीति र कार्यक्रम बनाउनु पर्छ’



वैशाख,२५ काठमाडौं ।
नेकपा माओवादी केन्द्रले आगामी नीति तथा कार्यक्रम बजेट बनाउदा एकीकृत विकासको अवधारणा अनुसार बनाउनु पर्ने बताएको छ । माओवादी केन्द्रले समाजवाद उन्मुख नीति तथा कार्यक्रम बनाउनु पर्ने बताएको हो ।
मंगलवार माओवादी केन्द्रको संसदीय दलको कार्यलयमा बसेको बैठकमा बजेट अधिवेशनबारे सरकारमा सहभागी दलबीच समान धारणा बनाएर सोहीअनुरुप सरकारको नीति तथा कार्यक्रम ल्याइनुपर्नेबारे छलफल भएको संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिनुभयो ।


वाम गठबन्धनले जनतासमक्ष प्रस्तुत घोषणापत्रलाई कार्यान्वयन गर्नेगरी नीति तथा कार्यक्रम तयार पारिनुपर्ने बैठकले निष्कर्ष निकालेको छ । संघीयताको मूल्यमान्यतालाई सम्मान गर्दै अगाडि बढ्नुपर्ने र उक्त विषय पार्टी संयोजन समितिमा पनि छलफल गरिनुपर्नेमा संसदीय दलले जोड दिएको छ । बैठकले विकासनिर्माणका कार्यलाई सातै प्रदेशमा सघन रुपमा अघि बढाउन प्रदेशमा संयोजन समिति बनाउने निर्णय गरेको छ ।
छलफलमा उठेका विषयलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भएका निर्णय र छलफलमा उठेका विषयलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभएको दलका नेता गुरुङले जानकारी दिनुभयो ।


बैठकमा सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम र बेजेको बारेमा सुझाव दिएका थिए । रामेछापका प्रतिनिधिसभा सांसद श्यामकुमार श्रेष्ठले समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गर्नुपर्ने सुझाव दिएका थिए । माओवादी केन्द्रका सांसदहरुले चालु आर्थिक बर्षको भन्दा पनि कम सिलिङको बजेट आउनु सकारात्मक पक्ष नभएको बताएका थिए ।


सांसद श्रेष्ठले राष्ट्रिय अर्थतन्त्रलाई मजबुद्ध बनाउन पर्ने बताउदै विदेशी पुँजीलाई भित्र्याउनको लागि लगानीमैत्री बनाउनु पर्ने बताए । राष्ट्रिय हितलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय लगानीकर्तालाई ल्याउनु पर्ने बताउदै सांसद श्रेष्ठले विकास निर्माणको कार्य एकीकृत विकासको अवधारणा अनुसार अगाडि बढाउनु पने बताए । ‘अहिलेको परम्परागत रुपमा अबलम्बन गर्दै आएको नीति तथा कार्यक्रमले विकासको चाहना पूरा हुन सक्दैन’, उनले भने,‘एकीकृत विकासको नीति अनुसार नीति तथा कार्यक्रम बनाएर अगाडि बढनु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्