मन्थलीदेखि खुर्कोटसम्मको सडक किन हुँदैछ बन्द ?



२८ वैशाख, रामेछाप ।
रामेछाप जिल्लाको मिल्ती खोलादेखि मन्थली हुँदै सिन्धुलीको खुर्कोटसम्मको सडक मर्मत गर्नुपर्ने भएकाले दैनिक केही घण्टा बन्द हुने भएको छ । मन्थलीदेखि खुर्कोट सडक खण्डमा आवधिक मर्मत कार्य गनुपर्ने भएकाले दिनको दुई पटक गरी चार घण्टा सडक बन्द गर्न लागिएको डिभिजन सडक कार्यालय खुर्कोटका प्रमुख राकेश महर्जनले रामेछाप न्युजलाई बताए ।


उनका अनुसार जेठ १ गतेदेखि १५ गतेसम्म विहान ११ बजेदेखि १ बजेसम्म र दिउसो २ बजेदेखि ४ बजेसम्म अत्यावश्यक सवारी साधन बाहेक अन्य यातायात आवागमन बन्द हुनेछ । महर्जनले सडक बन्द हुने समयमा वैकल्पिक बाटो प्रयोग गर्न पनि आग्रह गरेका छन् । उनले भने,‘निर्माण कार्यमा सहयोग गर्नुहुन सबै सडक प्रयोगकर्ताहरुमा अनुरोध गर्दुछु, यस कार्यबाटथ पुग्ने जाने असुविधाप्रति डिभिजन कार्यालय क्षमाप्रार्थी छ ।’

सडक डिभिजन ले आयोजना गरेको कार्यकममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख अमरेन्द्र सिंह, शसस्त्र प्रहरी बलका रामेछापका प्रमुख, मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेत छलफल भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्