रामेछापमा अविरल वर्षापछि खोलाले बगाउदा विद्यार्थी वेपत्ता



३१ वैशाक, रामेछाप ।
अविरल बर्षापछि आएको बाढीले बगाउदा परीक्षा दिन गएका विद्यार्थी खोलाले बगाएको छ ।
मन्थली नगरपालिकाको भटौलीमा रहेको रुद्राक्षेश्वर मावि केन्द्रमा परीक्षा दिन जान लागेकी मन्थली माविकी उस्मा फुँयाललाई खोलाले बगाएर बेपत्ता बनाएको हो । परीक्षा दिन गएका १६ जना मध्ये फुयाललाई वेपत्ता बनाएको हो । उनीसँगै बगेका ६ जना विद्यार्थीहरुको भने जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख अमरेन्द्र सिंहले रामेछाप न्युजलाई बताए ।

उनका अनुसारबेपत्ता फुँयालको अहिले नेपाली, सेना, प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् । अहिले सदरमुकाम मन्थलीमा बर्षाको कारण वस्ती डुबानमा पर्नुको साथै आवतजावत गर्ने सडक समेत अवरुद्ध भएको छ ।


गएराति १२ बजदेखि शुरु भएको वर्षा अहिलेसम्म यथावत हुँदा मन्थलीको बसपार्क, मन्थली बजारको खाँदबारीलगायतका क्षेत्र डुबेका छन् ।
सडक अवरुद्ध हुँदा जिल्लाबाट बाहिरिने र भित्रिने सवारी साधनहरु चल्न नसकेको जिल्ला ट्राफिक प्रमुख खुसहरि भण्डारीले जानकारी दिए । उनका अनुसार बसपार्कमा पार्किङ गरी राखिएका गाडीहरु नै ग्रेगरले फसेका छन् । सवारी नचल्दा सर्वसाधारण यात्रु अन्योलमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्