खाँडादेवी गाउँपालिकामा खुल्यो लक्ष्मी बैंक, गाउँमा खुसीयाली



३१ वैशाख, रामेछाप ।
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाका पहिलो पटक बैंक सञ्चालनमा आएको छ । गाउँपालिका स्थापना भएको एक बर्षपछि गाउँपालिकाको केन्द्र माकादुमममा लक्ष्मी बैंकको शाखा स्थापना भएको हो । सोमवार गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङ र उपाध्यक्ष मखमली श्रेष्ठले संयुक्त रुपमा बैंकको शाखाको उदघाटन गरे ।

गाउँपालिकाका अध्यक्ष तामाङले रामेछाप न्युजसँग भने,अब गाउँपालिकाबाट हुने कारोबार सबै गाउँपालिकामा स्थापना भएको बैंकबाट नै हुन्छ । गाउँपालिमा बैंक स्थापना भएपछि गाउँमा खुसीयाली छाएको छ । गाउँपालिकामा बैंक नहुँदा विकास निर्माणको भुक्तानी लिन सदरमुकाम मन्थली जानु पर्ने बाँध्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्