सुनापती गाउँपालिकाभित्रका सरकारी कार्यालय र विद्यालयमा सिसी क्यामेरा



१ जेठ, रामेछाप ।
सुनापति गाउँपालिकाले गाउँपालिकाभित्र रहेको सबै सरकारी कार्यालय र विद्यालयहरुमा सिसी क्यामेरा जडान हुने भएको छ । सरकारी कार्यालयबाट प्रवाह हुने सेवा सुविधा र विद्यालयमा हुने पठनपाठनकोस्तरलाई सुधार गर्न गाउँपालिकाले सिसी क्यामेरा र इलेक्ट्रोजिन हाजिरी अनिवार्य गर्न लागेको हो ।
गाउँपालिकाको बैठकले गाउँपालिकाभित्र रहेको अशक्त अपाङहरुको स्वास्थ्य परीक्षण गर्ने अपाङगता परिचयपत्र वितरण गर्ने, ८० बर्षभन्दा माथिका बृद्धाबृद्धलाई सम्मान गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष धावा लामाले रामेछाप न्युजलाई बताए ।

उनले भने,‘गाउँपालिकाभित्रका १२ वटा मावि र सरकारी कार्यालहरुमा सिसी क्यामेरा र इलेक्ट्रोनिक हाजिरी गर्ने निर्णय गरेका छौ ।’ अध्यक्ष लामाले हिउद बर्षा नै गाउँपालिकाभित्र सहज रुपमा यातायात सञ्चालन गर्नको लागि गाउँपालिकाले जेसिवी खरिद गर्ने निर्णय गरेको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्