एमाले–माओवादीबीच भोली पार्टी एकताको घोषणा



२ जेठ, काठमाडौं ।
नेकपा एमाले र नकेपा माओवादी केन्द्रबीच भोली पार्टी एकता हुने भएको छ । पार्टी एकताको आपचारिक घोषणा आज बस्ने पार्टी एकता संयोजक समितिको बैठकले गर्ने भएको छ । दुई पार्टी एकीकरणपछि ४ सय ४१ सदस्यीय केन्द्रीय समिति बन्ने छ । जसमा एमालेको तर्फबाट २४१ र माओवादीकोबाट २ सय जना केन्द्रीय सदस्य रहने भएका छन । त्यसैगरी स्थयी समितिमा एमालेका २५ र माओवादीका १८ सदस्य रहने भएका छन् । दुई पार्टी एकीकरणपछि नेपाल कम्युनिष्ट पार्टी बन्ने भएको छ । चुनाव चिन्ह भने सूर्य नै हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्