नेपाल नयाँ मोडमा अघि बढ्योः प्रधानमन्त्री ओली



काठमाडौं ३ जेठ,प्रधानमन्त्री एवं नेकपा(एमाले)का अध्यक्ष केपीशर्मा ओलीले नेपाल नयाँ मोडमा अघि बढेको बताउनुभएको छ ।
२५ औंमदन आश्रित स्मृति दिवशका अवशरमा आज बल्खुमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
मदन भण्डारी २० औं शताब्दीलाई सब भन्दा बढी प्रभावित पार्न सक्ने राजनीतिज्ञ भएको प्रधानमन्त्रीको भनाइ छ । “ तर मदनका बिचारले २१ औंशताब्दीलाई झन् बढी प्रभावित गर्ने छन्” प्रधानमन्त्री ओलीले भन्नुभयो “२५ बर्ष अघि मदनले कम्यूनिष्ट एकताका नाममा खनेको गोरेटो आजैबाट छ लेनको सडक बन्दैछ ।” प्रधानमन्त्री ओलीले आज अपरान्ह सम्ममा नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र) एक भएर निर्वाचन आयोगमा दर्ता हुने बताउनुभएको छ ।


प्रधानमन्त्री ओलीले एमाले माओवादी एकता केवल दुई पार्टीको मिलन मात्र नभएको बताउनुभएको छ ।यसले नेपालमा एउटा राजनीतिक,सामाजिक,आर्थिक रुपमा ठुलो उपलब्धीहासिलगर्ने बताउनुभयो । “हाम्रो एकतालाई केवल दुई पार्टीको मिलनको रुपमा मात्र हेरिनु हुदैन”प्रधानमन्त्री ओलीले भन्नुभयो “यो एकता दुई वटा साना अणुको मिसंदा कसरी शक्तिशाली बिस्फोटक पदार्थ बन्दछ । त्यस्तै हो यो एकता । ”
पार्टी एकता भएपछि नेपालमाइतिहास मै सबभन्दा बढी जनमत भएको पार्टी र सरकार हुने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्रीओलीले नेपालीकाँग्रेस अब प्रतिष्पर्धी पार्टी नभएर सहयोगी पार्टी मात्रभएको बताउनुभयो । “नेपालीकाँग्रेस अब प्रतिष्पर्धी हालतमा रहेन । यो त केवल सहयोगी पार्टीको रुपमा रह्यो । देश विकाशमा यसलाई हामी सँगै लिएर अगाडि बढ्छौं ”प्रधानमन्त्री ओलीले भन्नुभयो ।
समृद्ध नेपाल सुखी नेपालीको चाहना पुरा गर्न पार्टी एकताले थप बल पुग्ने प्रधानमन्त्री ओलीको भनाइ छ । कम्यूनिष्टहरु जुट्न हैन फूट्न मात्र जान्दछ भन्ने भ्रमआजैबाट हटेको प्रधानमन्त्रीओलीको भनाइ छ ।“इतिहासले हामीलाई दिएको गहन अभिभारा शालिनतापूर्वक पूरा गर्छौं” प्रधानमन्त्री ओलीले भन्नुभयो “मदनआश्रितले देख्नु भएको सपनाहामीले साकार पारेर छोड्छौं । ”
कार्यक्रममा प्रधानमन्त्री ओली ,नेकपा –माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,एमाले बरिष्ठ नेता माधव कुमार नेपाल लगायतदुवै पार्टीका नेताकार्यकर्ताहरुले मदन–आश्रितको तस्विरमा माल्यार्पण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्